कञ्चनपुर, २ जेठ । चिनको बुहान शहरबाट फैलिएको कोरोना भाईरसले पछिल्ला दुई सातायता नेपालका पुर्वी जिल्लाहरुमा धमाधम कोरोना भाईरसका बिरामी फेला पर्न थालेपछि कञ्चनपुरमा समेत कोरोना बिरुद्ध अभियान शुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कोरोना बिरुद्ध‘शहर गाउँ, वडा टोल टोलमा’ माईकिङ्ग अभियान शुरु गरेको हो । स्थानीयहरु लकडाउन तोड्नै बेफाल्तु घरबाहिर घुम्न थालेपछि कञ्चनपुर प्रहरीले माईकिङ्ग गर्र्दै घरभित्रै बसेर लकडाउनको पालना गर्न र कोरोनाबाट बाँच्नका लागि अपिल गरिरहेको छ ।
जिल्लाका ९ वटै स्थानीय तहका मुख्य शहर, बजार, गाउँबस्ती, वडा एव टोल स्तरमा प्रहरीले माईकिङ्ग गरिरहेको छ । शुक्रबारदेखि माईकिङ्ग अभियान समेत शुरु गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले शुक्रबारदेखि माईकिङ्ग अभियान शुरु गरिएको बताए । स्थानीयले अटेरी गर्दै प्रहरीले लकडाउन पालना गर्न भन्दाभन्दै पनि नटेरीपछि प्रहरीले टाढैबाट नागरिकलाई समेत गराईरहेको छ ।

‘अहिले मुख्य गरेर भिडभाँड र अनावश्यक बेफाल्तु घुम्ने समय होईन, ‘डिएसपी पौडेलले भने, ‘हामीले नागरिकलाई सचेतना गराउन माईकिङ्ग अभियान थालेका छौँ ।’ अभियानका क्रममा नागरिकलाई घरभित्रै बस्न, उच्च सरसफाई गर्न, समाजिक दुरी कायम गर्न , यदी कोही विदेशबाट आएको भए खबर गर्न र कोरोनाका लक्षण देखिनासाथ अस्पताल जाने र लकडाउनको पूर्ण पालना गर्न गराउनका लागि अनुरोध गरिरहेको बताए ।
प्रहरीले टाढैबाट माईकिङ्ग गरेर आउँदा एकातिर नागरिकलाई सचेतना हुन्छ, अर्कोतिर लकडाउन उलङघन गर्नेहरु प्रहरी खाएको थाहा पाएर तितरबितर हुन्छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता पौंडेलले ईप्रका, चौकीले आ–आफ्नो कार्य क्षेत्रमा माईकिङ्ग गरेर नागरिकलाई सचेतना गराउने बताए ।
यस अघि पनि प्रहरीले सचेतनाका अन्य विधि अपनाएपनि हालै अन्य जिल्लामा कोरोनाका संक्रमित ह्वात्तै बढेपछि थप योजना अघि सारेर सकृयता देखाएको छ । प्रहरीले समाजिक दुरी कायम गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दा गर्र्दै पनि केही व्यक्तिबाट उलङघन भईरहेको विषयमा यस्ता समुहमाथि कार्बाही चलाउन समेत माग गरिएको छ ।