अफ्गानिस्तानको राजधानी काबुलको एक प्रसुतीगृहमा केही दिन अघि आतंकवादीहरुले बा आक्रमण गरे । त्यसमा सिसु सहित , शिसु र बच्चाका आमाहरु, नर्सहरु मारिए ।
यसरी बच्चाहरुको बिचल्लि भएको देखे पछि फरीजा उमर जो आफै बच्चाकी आमा छिन् उनले आफ्नो बच्चालाई दुध खुवाउदै गर्दा सम्झिन् कि अरु आमा गुमाएका बच्चाहरुलाई के भयो होला ?
त्यही सम्झेर उत्पन्न भावुकताले गर्दा २७ बर्षकी फरीजाले अरु बच्चालाई पनि आफ्नो दुध खुवाउन थालिन् । उनले टिभीमा त्यस आक्रमणको बारेमा सुनेर भिडियो तथा तस्वीर हेरे पछि गंभीरताको अनुमान गरेको बताईन् । उनले बच्चा जन्मिने वित्तिकै बम आक्रमणमा मारिएका सुत्केरीहरुका शिसुहरुलाई दुध खुवाउन थालेकी छन् ।

उनका श्रीमान्ले पनि ती अनाथ बच्चाहरुलाई सहयोग गर्ने प्रस्तावमा सहमति दिए पछि रमदान सकिएको बेला पनि भएकाले उनले त्यस्तो मानवीय र संवेदनशील सहयोग गर्न थालेकी हुन् । जब उनी अनाथ शिसुलाई दुध खुवाउन जान्छिन् त्यो बेला उनका पतिले आफ्नो बच्चाको हेरचाह गर्दछन् । उनी कारमा अस्पतालमै गएर करीब २० वटा बच्चा जो मध्य केही घाईते र अत्यन्त रोईरहेका छन् उनीहरुलाई पालै पालो दुध खुवाउने गरेकी छन् । त्यस मध्य उनले एक पछि अर्को गर्दे चार वटा बच्चालाई आफ्नो दुध खुवाईन् । जब ती रोईरहेका, अनि घाईते शिसुहरुलाई आफ्नो दुध खुवाएर शान्त पारे, त्यसले मेरो मनमा शान्ति मिल्यो, मैले उनीहरुलाई मद्धत गर्न पाएकोमा खुसीँ भए, फरीजाले भनिन् ।
अस्पतालमा ती बच्चाहरुलाई दुध खुवाएर आए पछि उनले आफ्नो बच्चालाई दुध खुवाउछिन् । उनी ती बच्चालाई दुध खुवाउन कार चढेर अस्पतालसम्म जाने गरेकी छन् । उनले यो बिषयमा सामाजिक सञ्जालमा शेयर गर्दै अरु आमाहरुलाई पनि ती सिसुहरुलाई दुध खुवाएर सहयोग गर्न अपील गरेकी छन् ।
अफ्गानिस्तानमा विगत २० बर्षदेखि अमेरीकाले आक्रमण शुरु गरे पछि जारी हिंशामा परी लाखौ मानिसको मृत्यु भईसकेको छ ।

बिबिसीबाट