लकडाउनमा नेकपा नेता चटौतद्वारा संचारकर्मीलाई रिचार्ज

लकडाउनमा नेकपा नेता चटौतद्वारा संचारकर्मीलाई रिचार्ज

  • शुक्रबार, जेष्ठ २, २०७७
  • डम्मर राज भट्ट

  • 5.4K
    SHARES

कञ्चनपुर, २ जेठ । नेपाल कम्युनिष्ट पाटी नेकपा सुदूरपश्चिम प्रदेशका नेता नन्दलाल चटौतले संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका छन् । समाजसेवी एव सत्ताधारी नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका प्रदेश सदस्य चटौतले कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका हुन् । कोरोना भाईरस कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगेको लकडाउनका बेला समेत जनतालाई सुशुचित गराउनका लागि अहोरात्र खटिने संचारकर्मीलाई सुचना संकलनका लागि सहज भन्ने उदेश्यले जिल्लाका क्रियाशिल पत्रकारलाई रिचार्ज उपलब्ध गराएका छन् ।
‘अहिले विषम परिस्थिति छ, ‘उनले भने, ‘यस बेला संचारकर्मी समेत अग्रमोर्चामा खटिएर जनतालाई सुशुचित गराईरहेका छन्, यसमा हाम्रो पनि समाजिक दायित्व हुन्छ ।’ देश र जनताका लागि खहोरात्र खटिने संचारकर्मीको हौसला प्रदान गर्नका लागि समेत सहयोग गरेको उनले बताए । नेता चटौतले पत्रकार महासंघ शाखा कञ्चनपुर मार्फत जिल्लाका ६३ जना विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारलाई प्रति पत्रकार दुई सयका दरले रिचार्ज उपलब्ध गराएका छन् । यसरी लकडाउनका समयमा समस्या समस्याग्रस्त रहेका पत्रकारलाई नेकपा सत्ताधारीका नेता चटौतले सुचना संकलनका लागि रिचार्ज उपलब्ध गराएपछि संचारकर्मीले उनीप्रति आभार प्रकट गरेका छन् ।
सुदूर दर्पण दैनिकका सम्पादक भाष्कर केसीले संचारकर्मीलाई यतिबेला आर्थिकतर्फको विषयमा धरासायी बनिरहेका बेला नेकपा नेता चटौतले आफुहरुका पीडा बुझेर कञ्चनपुरका ९ वटै पालिकामा रहेका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएको भन्दै धन्यावाद दिएका छन् । यस अघि चटौतले भीमदत्त नगरपालिका २ उल्टाखाम स्थित आफ्नो कलेजको भवन क्वारेन्टाईन बनाउन दिने
घोषणा गरेका थिए, भने २ सरस्वती माविमा निर्माण गरिएको क्वारेन्टाईनमा १२ बेड दिएका थिए ।

यसैबीच नेता चटौतले कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराउदै विषम घडीमा जनताका लागि राहतका आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । नेता चटौतले कोरोनाबाट नेपाल जस्तो अल्पविकसित मुलुक धरासायी बन्ने भएकाले यथाघिश्र आर्थिक राहत प्याकेज ल्याउन जोडदिएका हुन् ।

अमेरिका, चीन, भारत, जापान ईटली लगायतका विश्वका विभिन्न मुलुकले कोरोनाबाट आक्र्रान्त भएको अर्थतन्त्रमाथि उकास्न आर्थिक प्याकेज ल्याएको स्मरण गराए । नेता चटौतले कोरोना रोकथामका लागि सरकारले जतिसक्यो स्वास्थ्य तर्फपनि कार्यक्तम ल्याउँदै ब्यापक परीक्षणको दायरा बढाउनुपर्नेमा सुझाव दिए । ‘यतिबेला सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी,समाजसेवि ,व्यवसायी, उद्योगी एव आम नागरिक मिलेर कोरोनो बिरुद्धको लडाई जित्नुपर्छ, ‘उनले भने, ‘यो बेला हामीले एकजुट हुुनुको विकल्प छै्न ।’

भारत लगायत विदेशमा रहेका नेपालीको उचित गासबासको दुताबास मार्फत प्रबन्ध गर्नुपर्नेमा समेत उनले जोडदिए । कोरोनाबाट बाँच्नका लागि सबै नागरिकले लकडाउन पालना गर्नुपर्ने उनको सुझाव छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि अग्रमोर्चामा रहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मीको समेत सरकारले हौसला प्रदान गर्नुपर्ने उनको भनाई छ ।

चीनको वुहान शहरबाट देखिएको नोभल कोरोना भाईरसको विश्वभरी संक्रमण फैलिएको छ । कोरोना रोकथाम नियत्रणका लागि दक्षिण एसियाका नेपाल–भारत सरकारले सीमा शिलबन्दीदेखि लकडाउन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ