जेष्ठ १ भक्तपुर । सुनसरीबाट आएकी एक स्टाफ नर्सलाई भक्तपुरमा कोरोना संक्रमण भएको पुष्टी भए पछि तराईबाट आएका अन्यको पहिचान गरी क्वारेन्टाईनमा पठाईने भएको छ ।
सूर्य विनायक नगरपालिका वडा नं ३ का अध्यक्ष शिब शरण खत्रीको अध्यक्षतामा बसेको वडा समिति र विपद व्यवस्थापन समितिको बैठकले १० देखि १२ जना सम्म सो क्षेत्रमा लकडाउनको समयमा तराईबाट आएर बसेको पाईए पछि उनीहरुलाई भोलि बिहानै क्वारेन्टाईनमा पठाउने निर्णय भएको विपद व्यवस्थापन समितिका सन्तोष भट्टराईले जानकारी दिए ।
सो बैठकमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मीका प्रतिनिधि पनि सहभागी थिए ।
ती स्टाफनर्स र दुवाकोटका शसस्त्र प्रहरी जवानमा कोरोना हिजो पुष्टी भए पछि भक्तपुरमा केही ईलाका सिल र लकडाउन कडा पार्ने निर्णय यस अघि नै भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline