जेठ १ विद्यार्थी एकता दिवस अर्थात विद्यार्थी आन्दोलनको एक ऐतिहासिक दिन । २०२१ साल बैशाख २५ देखि २९ गतेसम्म स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, विद्यार्थीलाई यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने , अस्पतालमा छुट्टै विद्यार्थी सिट सुरक्षित गर्नुपर्ने मागसहित आन्दोलन चर्काउने निर्णय गरेर विद्यार्थीहरुको अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो ।
सम्मेलन सकियपछी प्रहरीले घर र डेरामा छापामारी गिरफ्तारी तथा सम्मेलनको माइनट समेत नियन्त्रणमा लियो । जेठ १ गते त्रिचन्द्र कलेजमा वसेको विद्यार्थीको आपतकालिन बैठकले गिरफ्तारी विद्यार्थीको रिहाइका तथा अन्तर कलेज विद्यार्थी सम्मेलनले पारित गरेका मागका लागि आन्दोलन गर्ने निर्णय गर्यो । बैठक पछि हजारौं विद्यार्थी मौन जुलुसमा सहभागि भए ।
८ दिनको लगातारको आन्दोलन पछी स्ववियु खोल्न पाउने अधिकार र गिरफ्तार विद्यार्थी रिहा भए ।उक्त आन्दोलनले आफ्नो उपलब्धि हासिल गरेको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता दिवसका रुपमा मनाउने गरिएको छ ।
युवा-विद्यार्थी आन्दोलनको मूल धारा राष्ट्रियताको पक्षमा कहिलै विभाजित भएको इतिहास छैन । चिन र भारत दुबै पक्ष एक भएर नेपालको सिमामाथि संयुक्त रुपमै आक्रमण गरिरहेको विशिष्ट परिस्थितिमा युवा-विद्यार्थी आन्दोलन एकीकृत भएर लडेको आफ्नो गौरवपुर्ण इतिहास विभाजित भएको छ । यसको जिम्मेवार को हो ? उत्तर खोज्दै गरौं ।
२०१७ साल पुस १ गतेको शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गर्यो । त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित भए । यस बीचमा २०२१ साल वैशाखमा त्रिचन्द्र क्याम्पसमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने र गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने सहितका मागसहित आन्दोलन चर्काउने निर्णय गर्यो ।
त्यसपछि २०२१ साल जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रदर्शनमा तत्कालीन पञ्चायती सरकारले दमन गर्यो । थुप्रै विद्यार्थीहरु पक्राउ परे । विद्यार्थीहरुले दमनको विरोधमा उपत्यकाव्यापी हड्ताल गरे । आन्दोलन झन् चर्काउँदै लगे ।
अन्ततः पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइलगायतका माग पूरा गर्न बाध्य भयो । विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन् । तर आज जेठ १ गते विश्वव्यापी कोरोनाभाईरल को महामारीमा परी धमानवजातिको अस्तित्वको लडाइँ लडिरहेको बेला हाम्रा छिमेकी मुलुक भारत र चिन भने सिमा अतिक्रमणको घिनलाग्दो कार्यमा देखियो ।
लिम्पियाधुरा ,लिपुलेख र कालापानी क्षेत्र को नेपाली भुमिमाथी सडक निर्माण गरि भारतीय रक्षामन्त्री राजनाथ सिंहले मानसोवर पुग्ने सडकको उध्घाटन गरेका छन ।तर हाम्रो गौरवान्वित इतिहासमै युवा, बिधार्थी आन्दोलन विभाजित भएको देखिन्छ । हाम्रो आन्दोलन र जेठ १ लाई हेर्दा सबै राष्टघाती असमान सन्धिकोहरुको विरुद्धमा उद्घोष पनि थियो ।
आज राष्ट्रियता मा भारतिय बिस्तारबाद को नांगो हस्तक्षेप भई रहेको छ,हाम्रो भुमि लिम्पियाधुरा ,लिपुलेख र कालापानी क्षेत्रलाई आफ्नो देशको नक्सामा राखेको छ ,हामी राष्ट्रियताको सवालमा हाम्रो सरकार लाई खबरदारी र हाम्रो भुमि बचाउन को लागि एक भएरै लाग्नुपर्ने समयमा हाम्रो संगठन भने सरकारको प्रवक्ता भएको जस्तो देखिन्छ ,संगठका केहि नेताहरु यो महामारीको समयमा सामाजिक दुरी कायम गरि रचनात्मक आन्दोलन गर्ने नेताहरूलाई धन्यवाद दिनुपर्ने कताहो कता उल्टो कार्वाही को बहस गरि रहेको छ ।
हाम्रो संगठनको मुख्य नेतृत्वले बुझ्नुपर्ने कुरा हाम्रो इतिहास २०२१ जेठ १ स्ववियु को पराप्ती हैन राष्ट्रियताको लडाइँको जित पनिहो ।यो समयमा राष्ट्रियताको सन्देश बोकेर सामाजिक दुरी कायम गरि आन्दोलनको भुमिका खेल्ने सरकारलाई खबरदारी गर्ने संगठनका केन्द्रीय सदस्य लगाएत सम्पुर्ण जेठ १ गते नेतृत्वको बिकाश मात्र हैन राष्ट्र राष्ट्रियता र जनजिविका ,जनशिक्षाको इतिहास हो ।
आज जेठ १ गते, यानेकि बिद्यार्थी एकता दिवस ! आज नेराबिफेकाे फुट र दरबार परस्त गतिबिधि बिरुद्ध क्रान्तिकारी साेच राख्ने बिद्यार्थीहरु जुटेर त्रिचन्द्र कलेजमा अन्तरकलेज बिद्यार्थी सम्मेलन सम्पन्न गरि पञ्चायतलाई झुकाएकाे दिन । आज परिवर्तनका मागहरु गाेर्खा भर्ती बन्द गर्,राष्ट्रघाती असमान सन्धी खारेज गर्,स्वबियु खाेल्न पाउने अधिकार बहाली गर्,बन्दी बिद्यार्थी रिहागर् जस्ता माग मध्ये स्वबियु बहाली र बन्दी बिद्यार्थी रिहा गर्न पञ्चायती सरकार बाध्य भएकाे दिन ! समय- सन्दर्भ फेरिएकाे छ,हामीले बिद्यार्थी आन्दाेलनलाई रचनात्मक-श्रृजनशिल बनाउनु छ । संबिधान प्रदत्त माैलिकहक कार्यान्वयनका लागि दबाब खडा गर्नु छ । राष्ट्रियता- जनजिविकाकाे पक्षमा निरन्तर लड्नु छ । बिकास-समृद्दि र सुसासनका लागि अझै केहि गर्नु छ, ईतिहासकाे गर्विलाे बिरासतलाई पक्रदै बिद्यार्थी आन्दाेलनलाई पुनर्ताजगि गर्नु छ । परिवर्तनका लागि जिवन अर्पण गर्ने सबै सहीदहरु प्रति रक्तिम लाल सलाम ।