कन्चनपुर जेठ , १ कोरोना भाईरस रोकथामका लागि सरकारले लकडान गरेको छ । लकडाउनको पालना गर्न पटक पटक स्थानीय प्रहरीले नागरिकमा आब्हान पनि गर्दै आएको छ । अत्यावश्यक कामकाज बाहेक घर बाहिर ननिस्किन प्रहरीको आग्रह लत्याउँदै हल्दुखाल देखी महेन्द्रनगर बजार पुगेका दुई जनाबाट सशस्त्र प्रहरीले लागु औषध र सात हजार चार सय बिस रूपैया सहीत नियन्त्रण लिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक माधव जोशी नेतृत्वको टोली बिहीबार बिहानैदेखि महेन्द्रनगर बजारमा खटिएको थियो, त्यही टोलीले गेलन सहित मोटरसाईकलमा आएका भीमदत्त नगरपालिका ७ हल्दुखालका पुष्कर कुँवर र गणेश कुँवरको साथबाट ३० ग्राम चरेश र सात हजार चार सय बिस रूपैया बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरसिह शाहुले लकडाउनका बेला खटिएको शसस्त्र प्रहरीले संस्कास्पद व्यक्तिमाथि चेकजाँच गर्दा मोटरसाईकलमा सवार दुईजनाको साथबाट लागु औषध फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको बताए ।
कञ्चनपुर प्रहरीले सशस्त्र प्रहरीबाट बुझाईएका व्यक्ति प्रयोगकर्ता वा तस्कर हुन् र कहाँबाट ल्याएर कहाँ लैजान लागेको भन्ने विषयमा छानबिन गरिने जनाएको छ । लकडाउनका बेला उत्श्रिखल गतिबिधी हुनसक्ने भन्दै सशस्त्र प्रहरीले सीमादेखि, शहर,गाउँ टोल क्षेत्रमा गस्ती बढाएको छ । यस अघि लकडाउनकै समयमा सशस्त्र प्रहरीले बेलडाँडी क्षेत्रबाट लागु औषध सहीत दुई जना तस्करको साथबाट ब्राउन सुगर सहित उनीहरुलाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।
सशस्त्र प्रहरीले कञ्चनपुरमा यस अघि कोरोनाको चेन तोड्नेदेखि हतियार बोक्ने जनप्रतिनिधीको गाडी नियन्त्रणमा लिएको थियो ।
कोरोना कहरबाट बाँच्नका लागि सरकारले घरमै बस्न र अनावश्यक नघुम्न लागु औषध, धुम्रपान एव मध्यपान जस्ता कुलतमा नफसी घरमै कृषिखेती गर्न उन्मुख हुन नागरिकमा उत्प्रेरित गरिरहेका बेला यस्तो महामारीका समयमा अनावश्यक घुम्ने, लागु औषध तस्करी गर्ने, घुम्रपान एव मध्यपान सेवन गरेर अनावश्यक होहल्ला गर्नेमाथि कार्बाहीको माग अघि सारिएको छ ।