कैलाली । भारतले नेपालीभूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा सुदूरपश्चिममा नेकपा ९माओवादी केन्द्र० लकडाउन तोड्दै सडकमा उत्रीएको छ ।
नेकपा ९माओवादी केन्द्र० द्धारा गठित कोरोना प्रकोप प्रतिरोध व्यवस्थापन कार्यदम सुदूरपश्चिम प्रदेशको आयोजनामा हिजो कैलालीको लम्कीमा त्यस्तो सडक आन्दोलन भएको हो ।
विश्वभर कोरोना संकट रोकथाम तथा व्यवस्थापनको चिन्ता बढ्दै गर्दा भारतले नेपाली भूमि अतिक्रमण गर्नु र त्यसमा सरकारको मैनता देखिएका कारण देश बचाउन आफुहरू लकडाउन तोडेर सडकमा उत्रीन बाध्य हुनुपरेको माओवादी केन्द्रले बताएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संयोजक एवं कोरोना प्रकोप प्रतिरोध कार्यदलका प्रदेश संयोजक लोकेशद्धारा संञ्चालित विरोध र्याली र सभामा दर्जन बढी नेतारकार्यकर्ता र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
भारतले मनोमानीपूर्वक नेपालको दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको करिव २२ किलोमिटर सडक निर्माण गरेको र त्यसलाई रोक्नका लागि सरकारलाई दवाव दिन आफुहरू आन्दोलित हुनुपरेको भन्दै माओवादी केन्द्रद्धारा गठित उक्त कार्यदलका संयोजक लोकेशले कार्यक्रमको शुरूमै स्पष्ट पारेका थिए ।
पुर्व(पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बजारको मुख्य चोकमा माओवादी केन्द्रले विरतीय विस्तारवादी नीति र सरकारको लाचारीपन विरूद्ध नारा जुलुश समेत गरेको थियो ।
नारा जुलुशसँगै माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले नेपाली भूमिमा हमेशा अतिक्रमण गर्ने भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी र आफ्नो देशमाथी खुलेयाम भारतीय हमला प्रति लाचार तथा आत्मसमर्पणवादमा प्रधानमन्त्री केपीशर्मा ओली रूमलिएको भन्दै दुबैको पुत्ला समेत दहन गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० सुदूरपश्चिम प्रदेशका सचिव ज्ञानु बम, केन्द्रीय सदस्यहरु रतन कुमार बिक राजन, शोभा आचार्य, प्रदेश सदस्य टिकाराम जोशी, हिरा देवकोटा, सरीता जैसी, अनेम संघ ९क्रान्तिकारी० का कैलाली अध्यक्ष गोमा भूल, कोषाध्यक्ष जमुना बडुवाल, युवा नेता सम्झना बिक, प्रेस सेन्टर नेपालका पत्रकारहरु लगाएत को समेत सहभागिता रहेको थियो ।
पुत्ला दहन लगत्तै आयोजित विरोधको कार्यक्रमलाई नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज रंगनाथ ढकालले सम्बोधन गरेका थिए ।
संम्बोधनको क्रममा नेता ढकालले भारतिय विस्तारवादी रवैया को ओली सरकारले मौन समर्थन गरेको भन्दै देशद्रोही, राष्ट्रघाती, जनघाती सरकार र सत्ताको आफ्नो पार्टीले जोडदार विरोध गर्ने बताए ।