बैशाख ३१ काठमाण्डौं । भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक छेउ छारुङमा आज शसस्त्र र जनपद प्रहरीको टोली पुगेको छ । त्याहाँ शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिने भएको हो । स्थानीयवासी एक जनाको घर भाडामा लिएर त्याहाँ शसस्त्र प्रहरी बस्ने छ । प्रहरी निरीक्षक मिलन चन्दको नेतृत्वमा २५ जनाको त्याहाँ बस्ने छ । आवस्यक बन्दोबस्तीका सामान समेत हेलिकप्टरबाट पुर्याईएको छ ।
साथै सोही ईलाकामा ९ जना जनपद प्रहरीको टोली पनि बस्ने छ ।
नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको हो । छाङरु भारतले निर्माण गरेको मानसरोबर जोड्ने सडक भन्दा १३ किलो मिटर तल पर्दछ ।
सोही क्षेत्रमा नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ। सो टोली पनि आजै त्याहाँ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline