बैशाख ३१ पर्सा । पर्साको बीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरु आईसोलेसनबाट शौचालयमा जाने भन्दै गएकामा उताबाट निकै बेर नआए पछि खोजी गर्दा फरार भईसकेका थिए । त्यस पछि नारायणनी अस्पतालमा निकै खैला बैला भएको थियो । अहिले सबै सुरक्षाकर्मीले ब्यापक मात्रामा भागेकाहरुको खोजी गरीरहेको प्रहरीले जनाएको छ ।
भागेकाहरुबाट अन्त अरुसँग सम्पर्क भई संक्रमण बढ्न सक्ने र उनीहरुमा समेत जोखिम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । करीब आधा घण्टा अघि उनीहरु भागे पछि अहिले सेना सहित सुरक्षाकर्मी परिचालन गरेर व्यापक खोजी शुरु भएको छ ।
दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline