बैशाख ३१ काठमाण्डौं । गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट शौचालय जाने बहानामा ८ जना भारतीय नागरिक भागेका छन् ।
प्रहरीलाई झुक्याएर भागेका उनीहरु भारतको बहराईच पुगेको जनाईएको छ । वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनीहरुलाई भारतीय समकक्षी डीएमले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरु बिहान करिब ३ बजे भागेको जानकारी साढे ९ बजे पाएको बताए ।
सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करिब डेढ किमि दूरीमा छ । प्रहरी उपरीक्षक केदार रजौरेले भारतीय भागेको जानकारी पछि व्यापक गरेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline