कन्चनपुर बैशाख , ३१ । भारतले दार्चुला स्थित नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको बिरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट युवा संगठनले कञ्चनपुरको महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेको छ ।
आज बिहान राप्रपा निकट राष्ट्रिय युक संगठनले महन्द्रनगरको नेपाली भूमि अतिक्रमणको बिरोध गरेको हो । राप्रपा कञ्चनपुरका अध्यक्ष पूर्ण बहादुर चन्दले भारतले दादागिरीशैलीमा नेपाली भूमि अतिक्रमण गरेर नेपालको राष्ट्रियतामा धावा बोलेकाले त्यस बिरुद्धमा प्रर्दशन गरेको बताए ।
अध्यक्ष चन्दका अनुसार राप्रपा पार्टी कार्यालय भएर बजार परिक्रमा गर्दै मदनचोकमा पुगेर कोण सभा गरेर समापन गरिएको थियो । राप्रपाका निकट युवाहरुले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने र यथाघिश्र भारतसंग वार्ता गरेर भारतले बनाएको सडक खोरेजी र कालापनीबाट भारतीय सेना हटाउनुपर्ने माग अघि सारेका छन् ।