काठमाडौँ बैशाख ३१ । ललितपुरको निदान अस्पताल भित्र रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक नर्समा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।
मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए ।
प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ । सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ । परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline