अमेरिका भनिन्छ सवैको सपनाको देश हो यहा कुनै न कुनै कारण वनाएर कम्तिमा जिवनमा एक पटक जाने सबैको ईच्छा हुन्छ रे । अध्ययनको हिसावले, घुम्नको लागि, सरकारी कामको लागि वा डिभी चिठ्ठा परेर यहाँ आउनेको संख्या उल्लेखनिय छ । हुन त अमेरिकामा कति नेपाली छन् भन्ने एकिन तथ्याकं त कसै संग पनि छैन केही वर्ष अगाडि गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले विभिन्न खोजीको आधारमा करिव साडे दुई लाख नेपाली अमेरिकामा बस्दछन् भन्ने तथ्याङक निकालेको थियो र अहिले घेरैको अनुमान साढे तीनदेखि पौने चार लाख नेपाली यहाँ छन भन्ने अनुमान छ ।
यो वर्ष अमेरिकी जन गणनाको वर्ष हो अहिले जनगणना भईरहेको छ सके सम्म सवै नेपालीले जनगणनामा भाग लिउन जसले गर्दा नेपालीको सही तथ्याङक निस्कियोसर भन्ने हेतुले यहाँ रहेका प्रायः सबै नेपाली सामाजिक सघं संस्थाहरु लागिरहेका थिए तर यही बेलामा अमेरिका कोरोना भाईरसको संक्रमणमा परेको छ र यसै कारण यहाँ जनगणना प्रभावित हुने सम्भावना प्रवल देखिएको छ भलै अझै पनि नेपाली अगुवाहरु यो प्रकृयामा कोही नछुटुन भनेर लागि परेको अवस्था छ ।
काम बिशेषले छोटो समयका लागि अमेरिका आउनु भएका नेपाली जो कोभिडको लकडाउन ले गर्दा नेपाल फर्कन नपाई अलपत्रमा पर्नुभएको छ उहाँहरुलाई अहिले यहाँ ठुलो समस्या छ र नेपाल फर्किनु पर्ने बाध्यता छ । तर त्यसको व्यवस्थापन हुन सकेको छैन ।
अहिले अमेरिकामा घुम्नको लागि आउने नेपाली र ठुलैको संख्यामा परिवारको सदस्य भेट्न आउने र छोरा छोरीलाई सहयोग गर्न आउनेको संख्या छ । यसै सन्दर्भमा धेरै नेपाली बुवा– आमा , सरकारी काम काजको लागि आउने नेपालीहरुलाई यो विषम परिस्थितिमा नेपालमा वन्दको कारण फर्कनमा समस्या परेको देखिन्छ । यहाँ बस्न पाउने ईजाजत सकियो कतिको नियमित खाने औषधी मुलो सकिए नेपालबाट मगाउने स्थिति छैन । यहाँ जचाएर औषधी लिउ एकातिर महङगो पर्ने त छदैछ अर्को तिर यहाँका डाक्टरले दिने कम डोजको औषधीले नेपालीलाई नछुने अवस्था पनि छ ।
काम बिशेषले छोटो समयका लागि अमेरिका आउनु भएका नेपाली जो कोभिडको लकडाउन ले गर्दा नेपाल फर्कन नपाई अलपत्रमा पर्नुभएको छ उहाँहरुलाई अहिले यहाँ ठुलो समस्या छ र नेपाल फर्किनु पर्ने बाध्यता छ । तर त्यसको व्यवस्थापन हुन सकेको छैन ।
साथै यहाँको अवस्था देखेर त्रसित भई फर्कन “चाहने” को संख्या पनि केही पक्कै छ र वास्तबमै “कठिनाई” हुने अस्थायी भिजिटर, पढाईको लागि स्कुल वन्द भएकोले काम पनि गर्न नपाएकोले खर्च धान्न गाह्रो भएर नेपाल फर्कन चाहने विद्यार्थीहरु पनि छन् भन्ने चर्चा पनि छ ।
यसरी विभिन्न समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुलाई फर्काउन सहज वातावरण बनाउने सम्बन्धमा गैर आवसिय नेपाली संघ लगायत अन्य संस्थाहरु पनि सरकार संँग विभिन्न चरणमा वैठक गरी फर्काउने वातावरण बनाईदिन अनुरोध गर्दै कति रहेछन् नेपाल फर्कन चाहने भनि तथ्याङक संकलन गरिरहेका छन् । हाल सम्म संकलित तथ्याङक हेर्दा जम्मा ९०० देखि ९५० जतिले नेपाल फर्कन चाहेको जानकारी गराएका छन् । नेपाल फर्कन ईच्छा जाहेर गर्दै फर्म भर्नेमा अत्याधिक संख्या भ्रमण भिषामा आएकाहरु छन त्यस पछि याहाको ग्रिन कार्ड हुनेहरु र थोरै विधार्थीहरुले पनि फर्म भरेका छन् ।
यतातिर यो अवस्था छ भने नेपालमा चाही विदेशवाटै आएकाहरुबाट मात्र हाल कोरोना संक्रमण भईरहेको देखिएकोले ठुलो संख्यामा विदेशवाट मान्छे भित्राउदा नेपालमा ठुलै समस्या हुने हो कि भन्ने चिन्ता पनि देखिएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई फर्काउने जिम्मेवारी त हो सरकारको । तर ठुलो संख्यामा विदेशमा रहेका नेपालीहरुलाई एक्कै पटक नेपाल लैजान सक्छ कि सक्दैन ? लगि हाले पनि नेपालले तिनीहरुलाई वस्ने क्वारिन्टीन देखी खानपान लगाएतको पनि व्यवस्था गर्न सक्छ कि सक्दैन ? कति दिनको कोरिन्टाईको ववस्था गर्ने ? सामान्यतया यो रोगको संक्रमण हुने अवधी १४ दिन हो भनिए पनि नेपालको उदयपुरमा करिव ३ महिना अगाडि आएका मुस्लिम समुदायका व्यक्तिहरुवाट संक्रमण भएको पनि देखियो । यदी जे होस् त आफ्नो नागरिक हुन भनेर लगि हाले र त्यसले संक्रमणको माहामारी भयो भने देशले थेग्न सक्छ कि सक्दैन ? संसारका माहाशक्ति रास्ट्र अमेरिकामा त अहिले त्राहिमाम छ । यो पनि विचार गर्नु पर्ने होला दैशले फेरी यत्रो लामो, कम्तिमा १७–१८ घण्टाको यात्रा ४–५ सय मानिस एक्कै साथ वसेर जाँदा यदी कोही त्यहाँ संक्रमित हुनुहुँदो रहेछ भने सवै मानिसलाई सर्न सक्ने परिस्थिति पनि होला ।
नेपाल सरकारले सुरुमा छिमेकी देश भारतमा अलपत्र परेर वसेका नेपालीको लागि छिटो कुनै उपाय गरेर नेपाल ल्याउने र तिनीहरुलाई सुरक्षित राख्ने प्रवन्ध गर्नु पर्छ त्यस पछी खाडी मुलुक लगायतमा रोजगारीको लागि गएका र हाल कोरोना भाईरसको कारण रोजगारी गुमाएर अलपत्र परेकाहरुलाई व्यवस्थापन गरिसके पछि अमेरिका, युरोप र अस्ट्रेलिया तिर विचार गर्दा धेरै ठुलो अन्याय हुदैन होला ।
मेरो विचारमा परिवार भेट्न आउनु भएकाहरुको कागज पत्रको समस्याको लागि सम्वन्धित देशको राजदुतावासले अवस्य पहल गरिदिनेछन् । उहाँहरुलाई बस्ने ठाँउको समस्या चाही हुने कुरै भएन । होला औषधी मुलोको समस्या त्यसको पनि केही न केही विकल्प निस्कन्छ । सरकारी काम काजमा आउनु भएकाहरुको लागि सरकारले दिने सेवा सुविधा पक्कै होला परिस्थिति यस्तै पर्यो कैयनले ज्यानै त गुमाएका छन् भने हामीले पनि मन थामेर बस्नै पर्ने हुन्छ ।
विधार्थीहरुलाई पनि यहाँको स्थानिय निकाय र सामाजिक संघ संस्थाहरुले केही न केही खानपानको व्यवस्था गरिरहेको छ । घर भाडा अरुवेला जस्तो हाललाई केही समय नतिर्दा पनि घरवेटीले निकाल्न सक्दैन ।
यहाँको नागरिकता भएका, ग्रिनकार्ड भएकाहरु र कानुनीरुपमा काम गर्ने ईजाजत पाएकाहरुको लागि काम नभए पनि सरकारले विभिन्न राहतको व्यवस्था गरेको छ । कोरोनाको कारण काम गुमाएकाहरुलाई नियमित बेरोजगार भत्तामा संघिय सरकारले प्रति हप्ता ६ सय डलर चार महिन सम्मको लागि थपि दिएको छ । दुख परेको बेला मन अक्रान्त हुनु र आफ्नो मातृभूमि जान पाए सुविस्था हुन्थ्यो कि भनेर सोच्नु स्वभाविकै हो तर त्याहाँको परिस्थिति पनि विचार गर्नु जरुरी छ ।
नेपाल सरकारले सुरुमा छिमेकी देश भारतमा अलपत्र परेर वसेका नेपालीको लागि छिटो कुनै उपाय गरेर नेपाल ल्याउने र तिनीहरुलाई सुरक्षित राख्ने प्रवन्ध गर्नु पर्छ त्यस पछी खाडी मुलुक लगायतमा रोजगारीको लागि गएका र हाल कोरोना भाईरसको कारण रोजगारी गुमाएर अलपत्र परेकाहरुलाई व्यवस्थापन गरिसके पछि अमेरिका, युरोप र अस्ट्रेलिया तिर विचार गर्दा धेरै ठुलो अन्याय हुदैन होला ।
परिस्थिति यस्तै पर्यो अन्य सामान्य अवस्था जस्तो होईन दैवी प्रकोप कसैको चाहाना होईन संसारका प्राय सवै देशले अहिले यो रोगको सामाना गरि रहेका छन् । सवैको आ–आफ्नो हैसियत हुन्छ र त्यही हैसियत अनुसार मात्र काम सम्भव हुन्छ । हामी सवैको चाहना छ हाम्रो देशले पनि अमेरिका भन्दा माथिल्लोस्तरको व्यवस्थापन गरोस आफ्ना नागरिकलाई सवै सुख सुविधा उपलव्ध गराउन सकोस तर हाम्रो परिस्थिति सवैको बुझेका छौ । नेपाल सरकारले सके सम्म चाडै फर्कन चाहनेहरुलाई नेपाल फर्काउन सक्ने परिस्थितिको निर्माण गर्न सकोस यो प्रवासमा बस्ने सवैको चाहाना हो ।
लेखक थापा-एनआरएनए एनसीसी युएसए का सल्लाहकार र प्रवासी नेपाली मन्चको पुर्व अध्यक्ष पनि हुन् ।