बिश्व अहिले महामारिका बिरुद्ध एउटा अदृस्य भाईरस संग चार हात खुट्टा टेकेर लडिरहेका छ। संसारका सक्ती सम्पन्न राष्ट्रका प्रमुखहरु टेलिभिजनका अघाडी आशु चुहाई रहेका छन। आफ्ना नारिकलाई बताउन सहयोगको याचना गरिरहेका छन। स्वास्थकर्मिहरु आफ्ना दुधे बालकलाई अंगालोमा सम्म नहाली महिनौ देखि आफ्नो ज्यान जोखिममा राखि तपाई हाम्रो ज्यान बचाई रहेका छन। समाजसेबिहरु आपद बिपदमा परेका लाई घर घरमा औसधी खाद्यान्न सामाग्रीहरु पुर्याई रहेका छन। बिस्वकै ठुला ठुला बिश्वबिध्यालय, हस्पिटल सेन्टर, अनुसन्धान केन्द्रहरु चौबिसै घन्टा कोरोनाको औषधि तथा भ्याक्सिनको अनुसन्धानमा केन्द्रित छन। यो एउटा बिश्वको संकट मात्र नभएर महासंकट हो।बिश्वकै सडक तथा हवाई यातायातका सबै सेवा बन्द छन र भबिस्यमा संचालनको योजना बनाउन सकेका छैनन्। दैनिक हजारौ पर्यटकहरु घुम्ने बिश्वका सुन्दर तथा आकर्षक पेरिस, लन्दन, मिलान, न्यूयोर्क, टोकियो जस्ता शहरहरुका सडकमा हिडने मान्छे भेटिएका छैनन्। सबै तिरका व्यापार व्यबसायहरु ठप भएका छन। कोरोनाको पहिचान भएको ५ महिना पुगि सक्दा पनि सामान्य अबस्था आउने कुनै समय सिमा छैन निश्चितता छैन।यो रोग कुनै पुर्ब जानकारि दिएर आएको होईन नियन्त्रणको अनुभव कसै संग छैन। कहाँ बाट कसरि संक्रमण फैलन सक्छ अझै अनुसन्धानमै छ। नयाँ नयाँ रोगका लक्षणहरु फरक ठाउमा फरक फरक अँझै देखिरहेका छन। तर हामी सस्तो लोकप्रियता को लागी सरकारलाई दोस लगाई रहेका छौ। तर आफुले निंभाउने कर्तव्य भने निभाई रहेका छैनौ।
अहिलो हामी ठुलो ठुलो स्वरमा बिदेसबाट हाम्रा नागरिक ल्याउ भनेर हल्ला गरिरहेका छौ। के अहिले ४०-४५ लाख नेपालीलाई देशमा फर्काउन सम्भब होला कदापि छैन।
अहिलेको महामारिमा सम्भब भनेको आफ्नो देशका नागरिक कहाँ कहाँ कुन अबस्थामा छन ति देस संग कुटनैतिक रुपमा समन्वय गरि आबस्यक सहयोगको लागी अनुरोध गर्ने हो। तेहाँ रहेका नेपाली समुदाय तथा ति देशमा रहेका गैह्र आबासिय नेपाली संघहरु संग समन्वयगरि आफ्ना नागरिकको बारे बास्तबिक बुझ्ने र आबस्यकता परे सहयेग उपलब्ध गराउने हो। बिश्वका धेरै देशले पनि अरु देशमा काममा गएका नागरिकलाई फिर्ता लिएर गएका छैनन् तर पर्यटकिय वा व्यापारिक रुपमा गएका अमेरिका, बेलाएत, अस्ट्रेलिया लगाएत अरु केहि देशहरुले सानो संख्यामा रहेका आफ्न्ना नागरिकलाई बिभिन्न् देश बाट फिर्ता लिएर गएको हुन तर अझै पनि ति देशका धेरै नागरिक अरु देशमा रहेका छन। नेपालले पनि तात्कालिन अबस्थामा समयमै चाईना बाट आफ्ना नागरिकलाई फिर्ता ल्याएर क्वारेनिटाईन मा राखि घर घर पुर्याएकै हो।
अहिले सिंहदरबारमा जनप्रतिनिधीहरु बिदेशमा रहेका हाम्रा नागरिक फिर्ता ल्याउनु पर्यो भनेर आबाज बुलनद गर्दै हुनुहुन्छ, दलका नेताहरु मन्डलामा पत्रपत्रिका रेडियो टिभि घन्काउनु हुन्छ, फेसबुके नेताहरु फेसबुक रंगाउनु हुन्छ। काठमान्डौ उपत्यकाका महानगर पालिकाका घरबेटीहरु भने जिल्ला बाट कोहि काठमान्डौ नफर्किनुस हामी घरमा पस्न दिदैनौ भनेर बक्तव्य जारि गर्नु हुन्छ। जिल्लाबाट जानेलाई घरमा पस्न नदिने काठमान्डौ बासिले सजिलै महामारिको ईपिक सेन्टर बाट फर्कनेलाई घरमा पस्न देलान ? कि सरकारले ति सबलाई क्वारेन्टाईनमा राख्न सम्भब होला? प्रश्न गंभिर छ । हो बिदेसमा रहेका नेपालि नागरिक कहि कतै असहज परिस्थितीमा, पिडामा छन भने तेस्तावाई पहिचान गरी सके तेहि रहेका नेपाली समुदाय, दुकाबासबाटै समाधान गरौ नसके मात्र राज्यले उचित प्रबन्ध गरेर ल्याउनु पर्छ तेसमा कहि कतै दुईमत रहदैन। हामी सस्तो लोकप्रियताबाट भन्दा जिम्मेबार नागरिक, नेता सभासद बनेर बोलौ दोहोरो चरित्र प्रदर्सन कहि कतै नगरौ।अहिले गाउघरमा देश भित्रै कै एक ठाउबाट अर्को ठाउमा आउनेलाई सहज स्विकार गर्न सक्ने अबस्था छैन भने युरोप अमेरिका खाडि जस्ता देश बाट सहजै नेपाल फर्काउन संभब होला। पछिल्लो समय नेपालमा संक्रमित बढदै जादा एउटा जिल्लाको अस्पतालमा अर्को जिल्लाको बिरामी ल्याउनु हुदैन हामी पनि संक्रमित हुन सक्छौ भनेर कडा बिरोधका आबाजहरु पनि सुनिरहेका थौ फेरी तिनै आबाजहरुमा कोरोना आतंकले नेपालीहरु बिदेशमा दुख पाई रहेका छन, पिडित छन आफ्नो नागरिक फिर्ता ल्याउन नसक्ने लाचार सरकार भनेर सरकारलाई ललकारी रहेका पनि छौ। साच्चैनै बिदेश बाट नागरिक ल्याउने अबस्था आयो भने फिर्ता लिएर आउ भनेर हल्ला गर्ने नै गाउ सहरमा छिर्न दिदैनौ भनेर हल्ला गर्नेछन। यस्तै हाम्रा द्वेध चरित्रहरुले देश बर्बाद भएको हो चाहे त्यो अहिले कोरोनाको महामारिमा होस या भारतले ६० बर्ष देखि कब्जा गरेको कालापानी लिम्पियाधुराको भूमि सम्बन्धमा देखाईएको राष्ट्रबाद होस या देशमा देखिने बिगत देखिका भ्रष्टाचारका प्रकरणहरुमा होस। सत्ता, स्वार्थ र बिचारले देखिने राष्ट्रबाद र राष्ट्रिय चिन्ताले देशको समस्या कहिले समाधान हुदैन।तेसैले यो कोरोनाको बिश्व व्यापि महामारिमा डर त्रास ले भड्किएको भावनाबाट निस्किएको आबाज होईन स्थिर ह्रदयबाट निस्किएको यथार्थ व्याबहारिक आबाज बोलौ।
अहिले बिश्वका ज्यादै प्रभाबित देशहरु अमेरिका र युरोपमा रसिया बाहेक कोरोनाको संक्रमणको दर घटदो रहेको कारण कोरोना संक्रमित अंकहरु घटदै गएका छन भने रसिया, ईन्डिया र केहि दक्षिण अमेरिकी देशहरुमा अझै दर बढि रहेको छ। नेपालमा हिजो मात्र ८३ जनामा थप संक्रमण देखिई जम्मा संक्रमण २१७ पुगेको छ भने ३३ जना यस अघि डिसचार्ज भै अब १८४ जनाको अस्पतालमा उपचार भैरहेको छ। बिश्वमा अहिले सम्म् ४३,१९,४८९ जना संक्रमित भै २,९१,५३० जनाको मृत्यु भैसकेको छ। संक्रमित मद्ये १५, ६९, ४४० जना संचो भई घर फर्कि सकेका छन भने २४, ५८, ५३० जना अझै उपचारमै रहेका छन। हेरौ आजको बिभिन्न महादेशमा केकति प्रभाबित छन सोको बिस्तृत बिबरण तल तालिकामा।
