बैशाख ३१ काठमाण्डौं । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर चीन तिव्वतको मानसरोबर जाने बाटो निर्माण गरे पछि त्यसको बिरोधमा विप्लव नेतृत्वको नेकपाद्धारा काठमाण्डौका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको छ ।
काठमाडौ गोकर्णेस्वर नगरपालिकाको जोरपार्टी चोक बाहुनधारा र पधेरो पाखा , तारकेश्वर भ्यु टावर नजिक, कीर्तिपुरको पांगा, ब्ुढानिलकण्ठको भंगाल कोटेस्वरको जडीबुट्टी र विद्यार्थी संगठनले त्रिभुवन विश्व विद्यालय नजिक मंगलबार पुत्ला दहन गरेको सो पार्टीले जनाएको छ ।
नेपाली भूमि फिर्ताको माग गर्दै देशभर विरोध कार्यक्रम अन्तर्गत पुत्ला दहन गरिएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline