नेकपा ललितपुरद्धारा मोदीको पुत्ला दहन, युवा संगठनले सुर्खेतमा जलायो माेदी र ओलीको पुत्ला

नेकपा ललितपुरद्धारा मोदीको पुत्ला दहन, युवा संगठनले सुर्खेतमा जलायो माेदी र ओलीको पुत्ला

  • मङ्लबार, बैशाख ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

ललितपुर, ३० वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुरले नेपाली भूमी हुँदै भारतले एकतर्फी निमार्ण गरेको सडकको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

नेकपा ललितपुरले भारतीय हस्तक्षेपको बिरोध गर्दै लगनखेल जिल्लाका बिभिन्न स्थानमा मंगलवार मोदिको पुत्ला जलाएको हो ।

भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न सडक निर्माण गरेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेका थिए ।

नेकपा ललितपुरका सेक्रेटरी बिदुशीको उपस्थितीमा पार्टीका नेता कार्यकर्ताले मोदीको पुत्ला दहन गरेका हुन् ।

उता, नेकपा निकट युवा संगठनले पनि सुर्खेतमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार भेरी–कर्णाली ब्युरोका जाजरकोट, सुर्खेत, कालिकोट, बाँके, जुम्ला लगायतका जिल्लामा भारतीयद्वारा मिचिएको नेपाली भुमी फिर्ताको लागि अन्तरास्ट्रियकरण गर्न माग गर्दै बिरोध कार्यक्रम गरेको थियो ।

सीमा मिचिदा र भारतले नांगो रुपमा हस्तक्षेप गर्दा समेत नेपाल सरकार मौन रहनु तथा देशभक्त युवाहरुलाई राष्ट्रियताको आन्दोलनका क्रममा प्रहरी लगाई दमन गरेको भन्दै युवाहरुको समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र नेपालका प्रधानमन्त्री केपि ओलिको पनि पुत्ला जलाएका थिए ।

भेरी–कर्णाली ब्युरो इन्चार्ज दीपको उपस्थितीमा भएको बिरोध कार्यक्रममा सहभागीहरुले भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेप स्वीकार्य नहुने भन्दै नाराबाजी समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ