कन्चनपुर बैशाख ३०। लकडाउनका बेला महेन्द्रनगरका केही होटल खुला गरेर यौनधन्दा, मदिराको कारोबार एव जुवातास भईरहेको गुनासो बढेपछि वडा प्रहरी कार्यालयले होटलमा उच्च चेकजाँच बढाएको छ ।
मंगलबार महेन्द्रनगर गल्ली नम्बर ४ मा रहेको होटल न्यू अन्नपूर्णबाट चार जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेकै अवस्थामा जुवा सहित चार जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहन जंग बुढथापा नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन् ।
जुवासंगै पैशा पनि थियो वा थिएन, भन्ने विषयमा वडा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उत्त होटलमा यौनधन्दा पनि हुने गरेको प्रहरीले दाबी गरेको छ । कडाउनका बेला जुवा खेलिरहेकै अवस्थामा पक्राउ गरिएको मात्रै जनाएको छ । लकडाउनकै समयमा यौनधन्दा, मदिरा बिक्रि वितरण एव जुवातास अनैतिक कृयाकलाप परेर कोरोना संक्रमण निम्त्याईरहेको गुनासो बढेपछि प्रहरीले यसबारेमा एक्सन लिएको छ ।
लकडाउनका बेला जुवा खेल्ने, खेलाउनेमाथि के कार्बाही हुन्छ रु भन्नेमा स्थानीयले चासो दिएका छन् । वा रकम लिएर यत्तिकै छाड्ने विषयमा स्थानीयले जिसाज्ञा राखेका छन् । वा खाली प्रहरीले नास्ता गरिरहेको अवस्थामा कुनै अन्य प्रतिसोध वा रिसिईबी साँध्न लगेको विषय पनि टिकाटिप्पणी भईरहेको छ । होटल भित्र पसेका एक युवकले चाउचाउ खाईरहेको अवस्था र पक्राउ परेका एक बयोबृद्धले पनि चाउचाउ खाँदा पक्राउ गरेर प्रहरीले के गर्न खोजेको प्रश्न गरेका छन् ।
