सर्गम श्रेष्ठ(सुमन)
बैशाख ३० काठमाण्डौं । भारतले नेपालको दार्चुलाको लिपुलेकमा सडक निर्माण गरेको विरोधमा प्रदेश एक अन्तर्गत भोजपुर, खोटागं , उदयपुर लगायतका जिल्लामा नेकपा सगरमाथा ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
ब्युरो अन्तर्गत पर्ने सबै जिल्लाहरूका ग्रामीण वस्तीमा गरिएको पुत्ला दहनको क्रममा उपस्थिति जनताले भारतीय साम्राज्यवाद विरुद्ध चर्का नारावाजी गरेका थिए । भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा भोजपुर जिल्ला सेक्रेटरी नबिनले भन्नु भयो नेपाली भूमि अतिक्रमण गर्ने भारतीय साम्राज्यवाद विरुद्ध जनस्तरबाट प्रतिरोध गर्न अपील गरेका छन् ।
उनले भारतले नेपाली भूमिमा जारि राखेका गतिविधि तत्काल रोक्न चेतावनी दिदै भारतीय साम्राज्यवादका दलालहरु सरकारका कारण नेपाली भूमि अतिक्रमण नरोकिएको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भारतले अतिक्रमण गरेको नेपाली भूमिको पक्षमा पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए ।
खोटाङ्ग् ,ओखल्ढुङ्गा , सोलुखुम्बु उदयपुर लगायतका जिल्लाहरुमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको नेकपाले बताएको छ । पुत्ला दहन कार्यक्रममा नेकपाका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको बताइएको छ ।
भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने बाटो सञ्चालनमा ल्याएको विरोधमा नेकपा सहित विभिन्न पार्टी तथा संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् भने नेकपाले विभिन्न संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।