सिमानामा हेर देशको सानी बिरोध गरेर के हुन्छ,
साझ खाने अन्न छैन भोलि चढाएर के हुन्छ ?
बिरोध बिरोध बिरोधकै लागि यो सब गरेर के हुन्छ,
देशको लागि अघि बढ्न खुट्टा बढाएर के हुन्छ ?
नेपाल आमाको चीत्कार सुन कान छोपेर के हुन्छ,
राष्ट्रको नाममा बलिदानी सपूत आज गुमाएर के हुन्छ ?
पार्टी होईन राष्ट्र सोच भाषण ठोकेर के हुन्छ,
देशले खोज्दा सति जादा झन्डा ओढाएर के हुन्छ ?
घरको बाघ वनको स्यालको छाला ओढेर के हुन्छ,
पुर्खाको बशज रगतमा भए पर्खाल ठड्याएर के हुन्छ ?
सिमानामा हेर देशको सानी बिरोध गरेर के हुन्छ,
साझ खाने अन्न छैन भोलि चढाएर के हुन्छ ?
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline