देशभरको आजको मौसम यस्तो छ

देशभरको आजको मौसम यस्तो छ

  • मङ्लबार, बैशाख ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, ३० वैशाख । आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकोले आज बर्षा हुने सम्भावना रहेको जनाएको छ ।

अहिले पनि देशभरीको मौसम पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

त्यस्तै, आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

त्यसैगरी, राति देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ