वीरगंज २९, बैशाख । नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघ महामन्त्री वलदेव तिमिल्सिनाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका २ दर्जन बढी विद्यार्थीलाई सोमबार अपराह्न ४ बजे माइतीघर मण्डलाबाट नियन्त्रणमा लिइएको हो ।
सीमा अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै नेपाल तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुलाई तत्काल बिना शर्त रिहाई गर्न माग गरेका छन् ।
नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिद्वारा आयोजित शान्तिपुर्ण आन्दोलन माथि हस्तक्षेप गरी नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिब ढुंगानाका साथै अन्य पदाधिकारी लगाएतलाई पक्राउ गरि नेपाल पुलिस क्लब प्रदर्शनी मार्ग काठमाडौमा राखिएको घटना प्रति नेपाल तरुण दल पर्सा घोर भत्सर्ना गरेको छ । नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिब ढुंगाना लगायत अन्य पदाधिकारी र सम्पुर्ण नेताहरूको बिना शर्त तुरुन्त रिहाईको माग गर्दै आफुहरुको मागको सुनुवाई नभए नेपाल तरुण दल पर्सा कडा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।