नेपाली भूमि अतिक्र्मण बिरुद्ध जनमोर्चाद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

नेपाली भूमि अतिक्र्मण बिरुद्ध जनमोर्चाद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

  • सोमवार, बैशाख २९, २०७७
  • डम्मर राज भट्ट

  • 10.1K
    SHARES

कञ्चनपुर २९, बैशाख  । भारतले दार्चुला स्थित नेपाली भूमि अतिक्रमण गरेर धारर्चुलादेखि मानसरोबरसम्म पुग्ने सडक विस्तार गरेपछि राष्ट्रिय जनमोर्चा पनि आन्दोलित भएको छ ।
भारतले अनाधिकृत रुपमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको बिरोधमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरले समेत बिरोध गर्दै आन्दोलनमा उत्रेको हो ।
सोमबार जनमोर्चाले कञ्चनपुरको बेदकोट नगरपालिका दैजी चौराहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुत्ला दहन गरेको छ ।
पटक पटक नेपाली स्वाभिमानमाथि हस्तक्षेप गरेको भन्दै जनमोर्चाले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्दै जनमोर्चा कञ्चनपुरका युवा नेता समेत रहेका अखिल छैटौँका केन्द्रीय महासचिव महेश जोशीले भारतीय विस्तारवादको उपज नेपाली भूमि अतिक्रम गरिएको बताए । नेता जोशीले लिपुलेक, कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमि फिर्ताको माग गरेका छन् ।‘भातरले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नुपर्छ, ‘उनले भने, ‘भूमि फिर्ताका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।’
जनमोर्चा कञ्चनपुरका युवा नेता जोशीले भारतले गल्ति नसच्याएर जनमोर्चा जस्तोसुकै आन्दोलनमा उत्रिने चेतवानी दिए । मोदीको पुत्ला दहनपछि अखिल छैटौँका सचिव पुष्कर राज जोशीले संचालन गरेको कार्यक्रममा जनमोर्चा बेदकोट नगर अध्यक्ष कमल साहु, नेकपा मसालका जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, रक्तिमअध्यक्ष ललित चन्द, जनमोर्चा कञ्चनपुरका युवा, नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जनमोर्चाले यस अघि पनि भारतले नेपाली भूमि समेटेर निर्माण गरेको नक्सा बिरुद्ध समेत आन्दोलन थालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ