आफ्नो मुलुकमा रहेका नेपालीलाई काठमाडौं ल्याईदिने भन्दै कुवेत र युएईले पठायो नेपाललाई पत्र

आफ्नो मुलुकमा रहेका नेपालीलाई काठमाडौं ल्याईदिने भन्दै कुवेत र युएईले पठायो नेपाललाई पत्र

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.5K
    SHARES

२९ बैशाख काठमाडौं । कोारेना संक्रमणको जोखिम बढेसँगै युएई र कुवेत सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै नेपाल सरकारलाई पत्र पठाएको छ ।

सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालीलाई आफ्नै विमानमार्फत स्वदेश फकाईदिने भनेर पत्र पठाएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ।

त्यस्तै नेपालले २ लाख १० हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको ज्ञवालीले यो तथ्यांक सार्वजनिक गरेका छन्। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिको संख्याबारे एक अध्ययन गरेको थियो।
उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा ५ लाख ८८ हजार ७ सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताउनु भयो । जसमध्ये भारतबाट मात्र २ लाख ५० हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उहाँको भनाई छ।

मानवीय सङ्कटको सामना गरिरहेका ठूलो सङ्ख्याका नेपाली तत्काल घर फर्कन आतुर छन् । यसरी उद्धार गर्नुपर्ने र नेपाल फर्काउनुपर्ने सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । यो अवस्थामा एकातिर अलपत्र परेकालाई उद्धार र घर फर्कने व्यवस्था मिलाउन तत्काल र द्रूत गतिमा तयारी थाल्नुपर्ने देखिन्छ भने अर्कोतर्फ विशेष सङ्कटमा रहेकालाई तत्काल राहत र सहयोगका लागि प्रभावकारी प्रणालीको विकास गर्नुपर्ने आवश्यकता छ ।

हरेक वर्ष करिब पाँच लाख जनशक्ति श्रम बजारमा आउने गर्दछन् । तीमध्ये केही हजारले मात्र स्वदेशमा रोजगारी पाउने गरेका छन् भने लाखौँ रोजगारीको खोजीमा विदेशिन बाध्य छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०÷५१ देखि २०७५÷७६ को चैत मसान्तसम्म कुल ५४ लाख ९६ हजार ४६० जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिई जानेबाहेक अनौपचारिक तथा अवैध ढङ्गबाट विदेश पुग्ने नेपालीको सङ्ख्या पनि डरलाग्दो छ । जसको यकिन तथ्याङ्क छैन । यसरी गएकामध्ये कति नेपाली फर्किए र कतिजना विदेशमै छन् भन्ने आँकडा पनि कुनै निकायसँग छैन ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओए) ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कुल २३ लाख ६५ हजार ९७५ नेपाली विश्वका विभिन्न ६९ देशमा रहेका छन् । सरकारी आँकडाअनुसार मलेसिया, कतार, साउदी, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, वहराइन र ओमानमा मात्रै १४ लाख हाराहारी श्रमिक छन । यीबाहेक अन्य देशहरूमा झण्डै ३५ लाखको हाराहारीमा नेपालीहरू रहेको अनुमान गरिन्छ ।

रोजगारीका क्रममा भारत जानेले श्रम स्वीकृति लिनु नपर्ने भएकाले त्यहाँ कति नेपाली छन् र कस्तो अवस्थामा छन भन्ने आधिकारिक जानकारी उपलब्ध छैन । यद्यपि, भारतमा लाखौँ नेपालीहरु रहेको अनुमान छ । यसबाहेक अध्ययन, भ्रमण, व्यापार व्यवसाय वा पारिवारिक भेटघाट तथा अन्य कामको शिलशिलामा विदेशमा रहेका नेपालीसमेत ठूलो सङ्ख्यामा छन् ।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जानेले उल्लेख्य योगदान पु¥याउँदै आएका छन् । देशको कुल घर परिवारमध्ये ५५.८५ ले विप्रेषण प्राप्त गर्ने गरेको एक अध्ययनले देखाएको छ । विश्व बैंकको एक अध्ययनअनुसार धेरै विप्रेषण भित्रयाउने मुलुकको सूचीमा नेपाल विश्वमा तेस्रो स्थानमा रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा रु आठ खर्ब ७९ अर्ब २७ करोड विप्रेषण नेपाल भित्रिएको थियो । सो रकम कुल गार्हस्थ उत्पादन (जिडपी) को २५.४५ बराबर हो । अनौपचारिक तवरले भित्रिने विप्रेषणसमेतलाई जोड्ने हो भने यो अनुपात अझै बढी हुन जान्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी