पुर्ब जनमुक्ति सेनाका कमान्डर तुफान सिंहले विप्लवलाई लेखे यस्ताे पत्र

पुर्ब जनमुक्ति सेनाका कमान्डर तुफान सिंहले विप्लवलाई लेखे यस्ताे पत्र

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 56.2K
    SHARES

आदरणीय महासचिव कामरेड क्रान्तिकारी रक्तिम अबिबादन !

हाम्रो महानतथा गौरव साली पाटी नेपाल कम्युनिस्ट को आठौं महादिबेसन बाट पारीत एकीकृत जनक्रान्ती हुदै बैज्ञानिक समाजवादको हाम्रो उदेश्य मा हामी निरन्तर छौ कुनैपनी प्रतिक्रियावादी दलाल राज्यका नोकर हरुले हाम्रो यात्रालाई रोख्न सक्ने हिक्मत नभएपछि हाम्रो पाटी लाई प्रतिबन्ध लगाएको कुरा हामिलाई राम्रोसँग थाहा नै छ जनताले हाई हाइ गर्दै बिप्लव भन्ने अबस्थामा पुगेपछी आफू नाङ्गो झार हुने देखेपछी विभिन्न बाहना मा हाम्रो नेताकार्यकर्ता लाई दिन प्रतिदिन झुटो मुद्दामा गिरफ्तार गर्दै जेल जीवन बिताई राख्नु भएको छ।जनता मा एक खालको बिद्रोह को ज्वाला दन्किएको देखिन्छ। प्रतिक्रियावादी दलाल राज्यको यो नाङ्गो हस्तक्षपले हाम्रो पार्टीलाई थप नयाँ जोसका साथ अगाडि बढ्ने पाठ सिकाएको छ।

देशमा कोभिड -१९ कोरोना को महामारी एकातिर छ । देश पुरै लकडाउनमा । उता छिमेकी मुलुक भारतले लिपुलेकमा ८० किलोमीटर रोड खनिसक्दा पनि नेपालको राज्य ब्यबस्था चलाउने हरुलाई यो बारे कुनै जानकारी नै छैन भन्दै पन्छिन खोज्दैछ्न भने केही मन्त्रीले कालापानी, लिम्पियाधुरा ,नेपालको नक्सामै नभएको भनिरहदा यो कत्तिको जाएज छ भन्ने कुराको हेक्का सम्म यो दलाल राज्य संग छैन ।

कोरोना भाईरसको संक्रमण रोक्न गरियका प्रयासमा पनि आतंककारि शैलीमा गिरफ्तार गरि झुटा मुद्दा लगाई जेल तथा हिरासतमा यातना दिदैमा हामी र हाम्रो विचार सकिँदैन यो आतंक जनताले क्रान्ति द्वारा इतिहासको वलिदानि पुर्ण संघर्षवाट प्राप्ति गरेको उपलब्धि विरुद्ध छ ।

त्यस   कारण यो आतंकले स्पस्ट प्रतिक्रान्ति को प्रतिनिधित्व गरेको छ साथै साम्राज्यवादी को ठाडो निर्देशनमा लगाइएको यो प्रतिवन्ध अर्थात आतंक राष्ट्रिय स्वाधीनता का विरुद्ध पनि छ

यसको प्रतिक्रान्तिको रफतारले नया एकीकृत जनक्रान्तिको जन्म दिने निस्चित छ ,एक दिन नया क्रान्ति को ज्वालामा वर्तमान दलाल तन्त्र र त्यसका मतियार हरु जो विस्वको सम्राट सम्झिने पुजिवादको घोडामा चढेका ती विस्तारवादि तथा साम्राज्यवादी दलाल सदाको लागि माटोमा मिसिनेछन,सर्वोच्च खोसिनेछ,धुलो चाट्नेछन ,खरानी भएर सकिनेछन ।

तेसैले अहिले आम नेपाली दाजुभाइ र रास्ट्रप्रेमी सम्पूर्ण को आवज एउटै छ नेपालमा बिप्लव को खाचो छ भन्ने । तेसैले हामी सम्पूर्ण नेताकार्यकर्ता ले पनि यो प्रतिनिधित्वको गरेका छौ र हाम्रो पार्टीले अब समयमै दलाल हरुबाट बेचिएको हाम्रो मातृभुमी फिर्ता गर्न पुर्ब जनमुक्ति सेना र आम पार्टी कार्यकर्ता त्यो सिमानामा जान तयार छौ मात्रै आदेश चाहिएको छ ।
तेसैले यो बेला हाम्रो पार्टीले कुनै पनि हालतमा भारतले लुट्नलाएको भुमिलाई फिर्ता गर्ने जिम्मेवारी बिद्रोहि नेकपाको काधमा आएको छ।

आदरणीय महासचिव कामरेड विप्लव ! आज भारतीय विस्तारवादले नेपाली भुमी माथि कब्जा जमाएर बसेको छ आज नेपाल आमाका छोराहरू हजुर को निर्देशन तथा आदेश पर्खि बसेका छन र पार्टीलाई सार्बजनिक हुन अनुरोध गरेका छन्।

सार्बजनिक भयर भारतीय विस्तारवाद को बिरुद्ध।
शसस्त्र रूपमा अगाडि बढ्न हार्दिक अनुरोध गरेका छ्न हाम्रो पार्टीले गर्ने भारतिय बिस्तारबादको विरुद्ध गरिने आन्दोलनलाइ प्रतिरोध गर्ने हिक्मत कोहि कसैसँग छैन ।

त्यसको लागि सम्पुर्ण देशभक्त शक्ति हाम्रो योजनाको पर्खाईमा छ्न आसा छ छिट्टै लिम्पियाधुरा ,कालापानीमा,हाम्रो बिजयको झन्डा फहराउने छ …………।

तुफान सिंह कालिकोटे युद्धयात्री
पुर्ब जनमुक्ति सेना नेपाल कमान्डर।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी