२ लाख २५ हजार धरौटि तिरेर छुटेका विप्लव नेकपाका जिल्ला नेता पौडेल पुनः पक्राउ

२ लाख २५ हजार धरौटि तिरेर छुटेका विप्लव नेकपाका जिल्ला नेता पौडेल पुनः पक्राउ

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

झापा, २९ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता सुमनसिंह पौडेल धरौटिमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।
झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका पौडेल सोमवार २ लाख २५ हजार धरौटि तिरेर रिहा भएका थिए ।
तर रिहा भएलगत्तै उनलाई पुनः प्रहरीले पक्राउ गरेको हो । पौडेललाई सुनसरीको धरान लगिएको बुझिएको छ । उनी २०७६ पुस १२ गते नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहति सुनसरीबाट पक्राउ परेका थिए । नेतृ भुजेल कारागारमै रहेकी छिन् । सुनसरी जिल्ला अदालतले माघ १० गते धरौटिमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरि झापा पुयाएको थियो । पौडेल पूर्व मेची–कोशी व्युरो कार्यलयका सचिव हुन् ।

त्यसअघि पुस ११ गते मोरङबाट जिल्ला ईन्चार्ज नरेश चौलागाई र क्षितिज पौडेल पक्राउ परेका थिए । पौडेल रिहा भईसकेका छन् । उनी रिहा भएलगत्तै सत्तारुढ नेकपामा प्रवेश गरेका छन् भने ईन्चार्ज चौलागाई अझै प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ