कपिलवस्तु जेठ ५ गतेसम्म सिल गर्ने निर्णय, पास लिएकाले पनि सवारी कुदाउन नपाउने

कपिलवस्तु जेठ ५ गतेसम्म सिल गर्ने निर्णय, पास लिएकाले पनि सवारी कुदाउन नपाउने

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२९ बैशाख, कपिलवस्तु । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । सुरक्षा समितिको बैठकले सोमवार साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

यो निर्णयसँगै यसअघि जिल्ला प्रशासन कार्यलयबाट प्राप्त पास भएकाहरुले पनि सवारी कुदाउन नपाउने भएका छन् । कार्यलयबाट जारी सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन् । जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको प्रजिअ पौडेलले बताए । खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ। जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ