नेपाली राजनितिमाआन्दोलन,विरोध,बन्द, हडताल, र अन्त्यमा सहमतिहुनु नयाँ कुरा होइन । त्यो आन्दोलन सहमतिबाट देश र जनताले के पायभन्ने कुरा ठुलो हो । यति बेला विश्वकोरोनाको महामारी संकटमा ग्रस्त अवस्थामाभएको बेला फेरी भारतले नेपालीभुमी अतिक्रमण गदै तिव्वतमा रहेको कैलाशमानसरोवर यात्राको लागी नयाँ बाटो खोलेको छ ।
भारतको उत्तराखण्ड स्थिीत दार्चुला क्षेत्रको पिथौरागढ बाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेख पुग्ने सडक मार्ग खोलेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडीयो कन्फ्रेसन बाट उद्घाटन गरेकाथिए । नेपाल र भारत विचसिमा सम्बन्धीविबादअहिलेको विवाद होइन जतिवेला नेपाल सरकार र भारत सरकार विचभएको १९५० को सन्धी भएको थियो । त्यसपछि भारतीय साम्राज्यवादले १९६२ देखी आफ्ना सेनाको क्याम्पहरु नेपालको लिम्पियाधुरा,कालापानीमाराखेर सैनिक अखडा जमाउदै आएको छ ।
भरखरै २०१९ नोभेम्बरमा कालापानी लिप्पीयाधुरा क्षेत्र आफ्नो राजनीतिक नक्सामा हालेर निकालेको थियो । त्यसको विरुद्ध नेपालमा विध्यार्थी संगठनहरु , युवाहरु नागरिक समाज तथा विप्लव नेतृत्वको नेकपाले आन्दोलन गरेको थियो । पछि सरकारले कुटनितीक रुपमा समस्या सल्टाउने भन्दै भारतलाइपत्र समेत पठायो तर भारतले के जवाफ दियो त्यो कुरा नेपालीजनतालाई भनिएको थिएन ।
आज फेरी सडकनै बनाएर उड्घाटन सम्मेत गरुनजेल नेपाल सरकार तथा नेपाल सरकारका प्रशासकहरु गुपचुुप बस्नाले सरकारले राष्ट्रियता प्रतिको माया नभएको हो वा नेपाल सरकारले भारतसंग आफ्नो कुरा राख्ननसक्नु समस्याहल गर्न नचाहानुले समस्या समाधान हुनुको साटो बढीरहेको छ । नेपालमा सत्ता र सरकार बाहीर हुदाँ भारतीय हस्तक्षेपको विरुद्ध सुरुङ युद्ध गर्नुपर्छ भन्ने चिल्ला भाषण दिनेहरु सत्तामापुगेपछि आफ्नो सत्ता टीकाउन भारतको सामुन्ने लमपसार पर्ने दिल्ली भ्रमण जाँदाकुनै कुनै राष्ट्रघाती सम्झौता गरेर आउने परमपारा हाम्रो देशको नेताहरुले गर्दा पनि आज भारतीय हस्तक्षेप हाम्रो देशको सार्वभौमिकता स्वाधिनता र भौगोलिक अखण्डता माथि हमाला गरेको छ ।
यतिमात्र होइन भारत र नेपालको खुल्ला सिमानाको कारण हाम्रा सिमानाका दीदीबहीनी दाजुभाईमाथि दुरव्यवहार र हेपेका घटनाहरु, हत्याका घटनाहरु सञचारमाभ्यमहरुमा आईरहेका हुन्छन् । भारतीय सेना आफ्नो बर्दीमा खुलेआम नेपालभित्र आएर नेपाली नागरीकलाइ गीरफतार गरेर लिएर जान्छ । तर हाम्रो सरकार हाम्रो पुलिस प्रसासन मुकदर्शक बनेको हुन्छ । जुनसुकै पाटी र व्यक्ति सरकारमा गए पनि कसैले पनि सिमा सम्बधी विबाद मिलाउन चाहादैनन् बरु राष्ट्रियताको नाममा आन्दोलन गरेर सत्तामा जाने भड्याङ खडा गर्छन, यस्तो हाम्रो सरकारको आत्मसर्मपणवादी नितीले गर्दा हाम्रो भुमी मिचीदै आएको छ नेपालीजनताले पिडा भोग्दै आएको छन । सत्तामा बसेका सासकहरुले सिमानामा हराएक ापील्लर खोज्न त कहाँ छ बरु भारतीय साम्राज्यबादलाइ खुसी गराउन नेपालको आर्थीक मेरुदन्ड जलश्रोत माथिल्लो कर्णाली ,अरुण तीन , कोशी ,महाकाली जस्ता जलश्रोतहरु विदेशीलाइ बेचेका छन ।
हिजो महाकाली सन्धीगर्दा अर्वौ रुपैया नेपालमा आउँछ देश धनि हुन्छ भनेर हस्ताक्षेर गर्ने यही अहीलेको प्रधानमन्त्री केपी ओलीहरु हुन । खै आज देश कहाँ धनि भयो प्रधानमन्त्री ज्यु? अव नेपाली जनतालाइ िहसाव चाहीयो ? हिजो भारतले नाकाबन्दीगर्दा राष्ट्रवादी बनेर जनताको भोट लिएर प्रधानमन्त्रीबनेका केपी ओली आज देश मिचीदा के भन्छन् र उनको रराष्ट्रियताप्रतिको मायाँ कस्तो छ यतिबेला परीक्षण गर्ने बेला आएको छ । नेपाल सरकारले भारत सरकारसंग अहिले सम्म गरेका महाकाली र कोशी सम्झौताको परीमाण बर्षौ आउने बाढीले गर्दा अर्बौ धनजनको क्षेतीब्यहोर्नु परेको छ ।
सरकारमा बसेका शासक संकट परेको बेला समस्या समधानगर्न तीर लाग्नु भन्दा पनि आफ्नो अधकिारको देशको सिमा रक्षाको लागी आन्दोलनमा उठेका जनतालाइ लट्ठी र बुट बजार्र्नेे र गिराफ्तार गर्ने गरेको छ । सिमा रक्षाकाको लागी राखीएका नेपाली सेना,शसत्र प्रहरी तलव र भत्तादीएर क्याम्पमा राखीएको छ । यसरी भारतीय हस्तक्षेप हुँदापनि सेना सिमानामा नराखेर सत्ता टीकाउने र देशमा निरुङकुसता लाद्नको लागीमात्र प्रयोग गरीएको छ । यतिवेला सरकारले कुटनितीक रुपमा सीमाबिवादको समस्या हल नगरे राष्ट्रिय स्वाधीनताको रक्षा नगरे भोलि नेपाली हुँ भनेर गर्व गर्ने ठाउँ रहने छैन ।
जतिबेला देशमाकुनै विशेष स्थितिमा अथवामहामारी संकटको अवस्था आउँदा त्यति वेला प्रतिक्रीयाबादीहरु यही मौकामा जनताका हक अधिकार कटौति गर्छन,र आफ्नो सत्तालाई फासीवादीकरण गर्ने र जनताको अधिकार खुम्च्याउने आफ्नो सत्ताको आयु लम्ब्याउने कुरामा केन्द्रति रहेका छन । त्यसको प्रभाव हामि नेपाली जनताले भोग्नु परेको अवस्था छ । नेपाल र नेपाली जनता अहिले कोरोनाको महामारी र लकडाउन गर्दा बन्दकोठामा बन्दीजिवन विताएको अवस्थामा देशमा आतङक भ्रष्टचार कालोबजारी,तस्करी महंङ्गी,कमिसन जस्ता घृणित कार्यहरु सरकार र सरकारमा रहेकामन्त्री र कर्मचारी बाट हुनुले मुलक अराजक र भ्रद्रगोल स्थितिमा पुगीरहेको अवस्थामा ओली सरकारले अर्को कलाविहीन नाटक मञ्चन गरेर देशलाइ अस्त ब्यस्तताको स्थितीमा पु¥याको छ ।
यतिवेला जनसुरक्षाको निश्चित आवश्यक्त्ता र सामाग्रीको उपलब्धता ,कालोबजारी नियन्त्रण र औषधीउपचारको ब्यवस्थापनको प्रश्नलाई एकातिर पन्छाएर यतिवेला कसरी कुर्सी जोगाउने भन्ने जालझेल र षड्यन्त्रमा लागेको छ । कोरोना,भोकमारी बाट जनतालाइ बचाउने भन्दा पनि उसको ध्यान सडकमा पोखीने जनआक्रोस लाई कसरी थाम्ने भन्नेमा रहेको छ । लकडाउन र बन्दबन्दी पनि समस्या नागरीक र निमुखा मजदुरहरुको लागी मात्र आवश्यक हो ? पाटीको झण्डा बोकेर सडकमा नारा जुलुस भैरहेको छन् सभा सम्मेलन भैरहेका छन निर्वाद रुपमा सडकमा गाडीहरु कुदिरहेका छन ।
राजनैतिक आस्थाको आधारमा धरपकड र जेल हाल्न नागरिकहरुलाई छाडिएको छैन, फेसबुकमा प्रधानन्त्रीको आलोचना गर्नेहरुलाई जेल हालिएको छ । स्रोत साधन र पहुँचहुनेलाई सवै कुराको छुट छ । समस्याहरु एकातिर छन् समाधान अर्कोतिर खोजिदैछ ।
आज कोरोना भाइरसको कारण सिंगो विश्व संकटग्रस्त अवस्थमा छ करीव डेढ महिना देखी सरकारले लकडाउन गर्ने बाहेक खासै उल्लेखीय काम गरेको देखिदैन । ब्यापकमात्रमा परिक्षण गर्ने संक्रमण भएको स्थानलाई सुरीक्षत गर्ने र स्वास्थ्य सामाग्रीहरुको पर्याप्त ब्यवस्था गरेर आमजनतालाइ दिने कार्य सरकार पक्ष बाट हुन सकेको छैन । लकडाउनको कारण अस्तव्यस्त भएको जिवन कसरी सहज बनाउने, धराशायी बनेको अर्थतन्त्र कसरी माथी उठाउने बैदेशिक रोजगारीमा गएका तथा कम्पनिहरु बन्द भएर रोजगारी गुमेका युवाहरुको जिम्मा लिने र तमाम समस्याहरुको समधान कसरी गर्ने ठोस योजना ल्याउन सकेको छैन । बरु कमिसन र भ्रष्टाचारका श्रृखलाहरु पटक पटक दोहोरीरहेका छन् ।
यीनीहरुबाट देश र जनताको आमुल परिवर्तन समस्याको समधान र राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ भन्नु सुन्तलाको रुखमा नरीवल फलाउनु जस्तै हो ।
आज ओली आफ्नो कुर्सी बचाउनको लागी हदै सम्मको घटीया काम गरीरहेका छन आफु निकट सांसद महेश बस्नेत,किशान श्रेष्ठ तथापुर्व आईजिपी सर्वेन्द्र खनालको संलग्नतामा समाजबादी पाटीका सांसदहरु सम्म अपरण गरेर काठमान्डौ ल्याइयो भनेर उजुरी नै दर्ता भएको छ । संसदमा बहुमत जोहो गर्न पार्टी फुटाउन भनेर अध्यादेश ल्याउनेदेखि सांसद अपहरण जस्तो अभियोग लाग्दा पनि नैतिकताको आधारमा राजीनामा दिने, दोषीमाथि अनुसन्धान गर्ने काम पटक्कै भएको देखिदैन ।
जवसम्म यो दलाल संसददीय पुजिबादी ब्यवस्था रहन्छ तवसम्म यो ब्यवस्थामा जुनसुकै ब्यक्ति प्रधानमन्त्री ,मन्त्री भएपनि देशमा बैदेशीक हस्तक्षेप, धार्मीक युद्ध,जातीय भेदभाव, भ्रष्टाचार,कालोबजारी,मंहगी,हत्या हिंसा ,गरीवी,भोकमारी, जस्ता समस्याको समधान हुन सक्दैन । देशमा परीवर्तन र शान्ती सुरक्षा कायम गर्न अव देशमा यो दलाल पुजिवादीब् यवस्थाको विकल्प खोज्न जरुरी छ । यसको लागी देशमा भएका राजनैतिकउ देश्यलिएका क्रान्तीकरी पार्टी,बुद्धीजिवी,देशभक्त ,परीर्वनकारी शक्तीहरु एक जुट हुनेवेला आएको छ । देशमा आम पुर्ण अधिकार सहीतको जनताको जनसत्ता वैज्ञानीक समाजद स्थापना गर्न आवश्य छ । जसमा अहिलेको अधिकतम समस्याको समाधान हुने पक्का छ ।