डा. चौरसियाको टिमद्धारा सुत्केरी महिलालाई सहयोग

डा. चौरसियाको टिमद्धारा सुत्केरी महिलालाई सहयोग

  • सोमवार, बैशाख २९, २०७७
  • दिपक चौरसिया

  • 12.1K
    SHARES

पर्सा २९ बैशाख । नारायणी अस्पतालका तीन जना चिकित्सकले गरिब बिपन्न परिवारलाई आफ्नो निजी खर्चबाट राहत वितरण गर्नु भएको छ । वीरगंज महानगरपालिका १६ लक्ष्मीनगरका एक सुत्केरी महिला र बच्चालाई डा. दिपक चौरसिया, डा. बिवेकमनी याद, वरामाकान्त ठाकुरले नगद ५ हजार सहित औषधीहरु सहयोग गर्नु भएको छ ।

आज बिहान राजेश यादव भन्ने व्यक्तिको फेसबुक पोष्ट “एक जना मजदुरका श्रीमतिले राती १२ः२० मा बच्चालाई जन्म दिएकी थिईन, उनलाई खान र उपचारको लागि धेरै नै समस्या छ, ६ महिना देखी घरको भाडा पनि दिन सकेको छैन । कसै संग भनेर सुइ लगाउन लगाइदिनु न बिचाराको छटपटाहट देखेर आफ्नै मन एक छिन खिन्न भयो फेरि बिचारा उसको श्रीमती बिरामी पनि छिन ।

नारायणी अस्पताल पनि बन्द छ, म कहाँ लगु के गरु भनेर उसको त्यो पिडा देखेर मलाई बिहान बिहानै यो वालमा लेखेर सेयर गर्न मन लाग्यो हे सहयोगी हाथहरु हाम्रा देशका महानायकहरु तपाईहरु बाट हुन सक्ने सहयोग गरिदिनु पर्यो ।” देखे पछि मनमा सहयोगको भावना जागेको डा. चौरसियाले बताए ।

डा. चौरसिया सहितको टिमले पिडित मजदुरको घरमा पुगेर बच्चा र आमालाई तत्काल लगाउनु पर्ने सुई र केही औषधिहरु समेत सहयोग गरेको राजेश यादवले बताए । मेरो फेसबुक पोष्ट देखेर यस्ता मनकारी चिकित्सकहरुले सहयोग गर्नु भएकोमा हृदय देखि नै धन्यबाद समेत यादवले दिनु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी