पर्सेली सञ्चारकर्मीहरुद्धारा प्रहरी प्रशासनको विरुद्ध धर्ना

पर्सेली सञ्चारकर्मीहरुद्धारा प्रहरी प्रशासनको विरुद्ध धर्ना

  • सोमवार, बैशाख २९, २०७७
  • दिपक चौरसिया

  • 10.2K
    SHARES

पर्सा २९ बैशाख । वीरगंज स्थित नारायणी एफ.एम तथा नयाँ पत्रिका दैनिकका पर्सा सम्वाददाता तिवारी यादवलाई विना कारण प्रहरीले कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको आरोपमा पर्सेली पत्रकारहरुले धर्ना प्रदर्शन गरेका हुन् । वीरगंजको लिंकरोड स्थित एफएम स्टेशनकै मुल गेटबाट सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको निहुमा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको थियो । आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु सहिको प्रहरी टोलीले अभद्र व्यवहार गर्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा करिब ५ घण्टासम्म उनलाई प्रहरीकै भ्यानमै राखेको थियो ।

पछि पर्सेली सञ्चारकर्मीहरुले बिरोध जनाए पछि नेपाल प्रहरी प्रदेश नं. २ का प्रमुख डिआईजी धिरज प्रताप सिंहको रोहबरमा उनलाई रिहा गरिएको थियो । पर्सा प्रहरीले हाल सम्म पत्रकार यादवको मोबाइल फोन नियन्त्रणमै राखेको छ । सो घटनाको विरुद्धमा पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्सेली पत्रकारहरूले वीरगंजको घण्टाघरमा सोमवार बिहान ८ बजे देखि ९ बजे सम्म एक घण्टा धर्ना दिएका हुन ।

लकडाउनको पालन गराउने नाउमा पर्सामा प्रहरीको ज्यादती बढिरहेको छ यो सह्य हुदैन पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले बताए । कानून पालन गराउने प्रहरीद्वारा नै वर्दीको आडमा धाधली देखाउने कार्य भएको हुदा घटनामा संलग्न प्रहरी उपर अविलम्ब कार्यवाहीको मांग समेत अध्यक्ष चौहानले गर्नु भयो ।

पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजाराले दोषी प्रहरीमाथी कार्यवाही नभए सम्म पत्रकारहरूको आन्दोलन नरोकिने बताए । कोरोना भाईरस महामारी बाट लड्न अग्रपन्तीमा खटिरहेको डाक्टर, बैकंकर्मी, औषधि व्यवसायी र पत्रकारलाई लकडाउनको पालना गराउने नाममा बारम्बार प्रहरी निरिक्षक पनेरुकै नेतृत्वमा रहेको प्रहरी टोलीबाट दुव्र्यवहारको शिकार भईरहेको भएर प्रहरीको गलत रवैया विरुद्ध पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको अध्यक्ष बञ्जाराले बताए । सो धर्ना कार्यक्रममा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस युनियन, आदिवासी जनजाति पत्रकार संघ लगाएत विभिन्न संघ संगठनहरुले समर्थन जनाएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठन प्रदेश नं. २ का ईन्चार्ज लालबाबु शेख, पर्सा संयोजक निरज पिठाकोटे, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायाण कुर्मी, संघिय प्रेस फोरमका अध्यक्ष आरके पटेल लगायत दर्जनौ पत्रकारहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ