सितल छहारिमा बसेर
म उभ्याउछु राष्ट्र बाद
बैठक भित्र नंग्रा फिजाएर
म कोट्याउछु राष्ट्रबाद
ठुलो स्वरमा सडकमा ठटाएर
म भट्याउछु राष्ट्रबाद
भोक र प्यास नमानी
सिहदरबारको पेटी सम्म
लगातार पसिना निकाली
घाटी सुक्ने गरि
सिरमा ढाका टोपी ढल्काउदै
छातीमा नेपाली झन्डा
र सरकारी लोगो लगाएर
मुटुमा चेपट्याउछु राष्ट्रबाद
जब सिहदरबार छिर्छु
बन्धक बनाई दिन्छु
छातीमा बोकेको राष्ट्रबाद
भुईमा लडाई दिन्छु
सपनामा देखेको राष्ट्बाद
सुलिमा चढाई दिन्छु
सडकमा बोकेको राष्ट्रबाद
ईतिहास तिर सोझ्याई दिन्छु
मैले खोजेको राष्ट्रबाद
म सभ्य र नम्र बनि दिन्छु
मेरो स्वरमा मिठास भरिदिन्छु
मेरो आखा रसिलो हुन्छ
तर मलाई अनुभुती हुन्छ
मेरे खुट्टा अडिलो भैरहेको
मेरो आयु लम्बियर गै रहेको
मलाई लाग्छ मेरो राष्ट्रबाद
एउटा गाग्री भित्र भरिएको छ
मेरो प्यास मेटिएको छ
जब सिहदरबार बाट
राष्ट्रबादले भरिएको चिसो
गाग्री बोकेर निस्कन्छु
मेरो गाग्री छचल्किन थाल्छ
चिसो पानी तातीन थाल्छ
दिउसै सडकै आगो बाल्छ
फेरी मेरो सुतेको राष्ट्रबाद
गाग्री भित्र छचल्किन थाल्छ !!
-बिनोद पोख्रेल ,हाल न्यूयोर्क