बाजुरामा राहत वितरणको समाचार लेखेको आधारमा पत्रकार महतरामाथि धम्की , क्रान्तिकारी पत्रकार महासंघको विरोध

बाजुरामा राहत वितरणको समाचार लेखेको आधारमा पत्रकार महतरामाथि धम्की , क्रान्तिकारी पत्रकार महासंघको विरोध

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख २९ काठमाण्डौं । ‘बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले वितरण गरेको राहत वास्तविक पीडितले नपाएको भनेर समाचार लेखेका आधारमा पत्रकार रनसुर महतरा रमेशमाथि धम्की आएको छ ।
गाँउपालिका अध्यराहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई नेपाल पत्रकार महासंघ ललितपुरका सह सचिव एवं हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका महतरालाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका रोशन शाहीलगायतलाई लगाएर फोनमार्फत् धम्क्याउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको उनले बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघका महासचिव राम कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी संगठनका सचिव समेत रहेका महतरामाथि धम्की दिएकोमा भत्र्सना गरेका छन् ।

समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सील लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदा हुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्क्याउने र चरित्र हत्या गर्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न हाम्रो संगठन जोडदार रुपमा माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ