२ जनाले फेरी जीते कोरोना बिराटनगरबाट, निको हुनेको संख्या ३३ पुग्यो(अपडेट)

२ जनाले फेरी जीते कोरोना बिराटनगरबाट, निको हुनेको संख्या ३३ पुग्यो(अपडेट)

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

बैशाख २८ बिराटनगर । नेपालमा थप दुई जनाले कोरोना जीतेका छन् ।
बिराटनगरको कोशी अस्तालमा उपचार गराईरहेका दुई जनाले कोरोना जीत्न सफल भएका हुन् । यो सगैँ कोरोनाबाट निको हुनेको संख्या ३३ पुगेको छ ।
यस अघि शुरुमा ६ जना र पछि ८ जना गरी १४ जना डिस्चार्ज भएका थिए । प्रदेश एक बाट मात्रै १६ जना डिस्चार्ज हुन सफल भएका छन् ।

भोजपुर हतुवागडी गाउँपालिका–६ का २६ वर्षिय उपेन्द्र राई र झापा बाहू्रदशीका ४० वर्षीय मुजाइर आलम डिस्चार्ज हुन सफल भएका हुन् । उनीहरुमध्ये राई बैशाख १३ गते र आलम १४ गते भर्ना भएका थिए ।

उनीहरुलाई अस्पताल प्रागणमा फुल दिएर सामाजिक विकास मन्त्रालयका सचिव रबीलाल पन्थ र अप्पतालका अधिकारी तथा चिकित्सकहरुले बिदा गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख एवं कोभिड१९ उपचार केन्द्र व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले डिस्चार्जबारे जानकारी दिनुभयो ।

हाल देशभर ८७ जनाको उपचार भईरहेको छ । देशभर कुल संक्रमित १ सय १० रहेका छन् । आज कुनै पनि संक्रमित थपिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ