सीमाबारे उच्च स्तरीय कुटनीतिक वार्ता गर्न हाम्रो नेपाल शुसासन अभियानका संयोजक खरेलको माग

सीमाबारे उच्च स्तरीय कुटनीतिक वार्ता गर्न हाम्रो नेपाल शुसासन अभियानका संयोजक खरेलको माग

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बैशाख २८ काठमाण्डौं । हाम्रो नेपाल शुसासन अभियानका संयोजक खरेलले  भारतीय रक्षा मन्त्रीले लकडाउनको बिषम परिस्थितिमा लिपुलेक हुदै कैलाश मानसरोबर जाने बाटो उद्घाटन गरेको घटनाले नेपाली जनतामा चिन्ता र आक्रोस पैदा भएको भन्दै उच्च स्तरमा प्रत्यक्ष संवाद गर्न र जनतालाई सार्वजनिक गर्न माग गर्नु भएको छ ।
अभियानका प्रमुख तथा पूर्व प्रहरी अधिकारी रमेश खरेलले एक विज्ञप्ति जारी गरी भारतले ६ महिना अघि नै नक्सा जारी गरेर व्यापक विरोध भएको यो घटना अघि आउनुले अझ थप आक्रोसित तुल्याएको उल्लेख गरेका छन् ।
साथै खरेलले नेपालको भूभाग अतिक्रमण र बलजफ्ी गर्ने कार्य रोक्न र देशको अस्मीता जोगाउन माग गरेका छन् ।
यस्तै चीनीया नागरिकले सिंहदरबार अगाडी प्रहरी आक्रमण गरेको घटनाको सन्दर्भमा समेत यथार्थ जानकारी गराउन माग गरेको छ ।

छिमेकी राष्ट्रहरुबाट नेपाल र नेपाली जनता पिडितहुने अवस्थाहरुको अन्त्य हुनु पर्छ र राष्ट्र स्वाभीमान , असंलग्न , संप्रभुता र स्वतन्त्र रुपमा बांच्न र अघि बडने अवस्थाको प्रात्याभुति सरकारद्वारा गराईनु पर्छ भन्ने तर्फ समेत हामी ध्यानाकषंण गराऊन चाहन्छौ । खरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ