ठुलो परिणामको लागुऔषध सहित ३ जना पक्राउ

ठुलो परिणामको लागुऔषध सहित ३ जना पक्राउ

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

सुनसरी, बैशाख २८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ नहरचोकबाट ठुलो परिणामको लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका-३ का राज कुमार मण्डललाई ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डि.सी. तथा १६ हजार ७०० नगद र १ थान मोवायल सहित शनिवार अपरान्ह ४ बजे पक्राउ गरेको हो । प्रदेश १-०२-०४०-प .५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका
मण्डल नहरचोकमा उक्त परिणामको लागुऔषध सहित पक्राउ परेका हुन् ।

यसैगरी को २२ प ७३५३ नम्बरको मोटरसाईकलमा उक्त लागुऔषध खरिद गर्न आएका धरान उप-महानरपालिका-८ का २७ बर्षीय अजय श्रेष्ठ र धरान उप-महानरपालिका-५ का २८
बर्षीय अर्जुन कार्की पनी पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार
५ सय १० र मोवायल २ थान बरामद गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा
थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ