कञ्चनपुरको दक्षिणी क्षेत्रमा वन्यजन्तु निलगाई मृत अवस्था भेटियो

कञ्चनपुरको दक्षिणी क्षेत्रमा वन्यजन्तु निलगाई मृत अवस्था भेटियो

  • आइतवार, बैशाख २८, २०७७
  • डम्मर राज भट्ट

  • 9.9K
    SHARES

कन्चनपुर, बैशाख २८ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका वडा नम्बर १ मा निलगाई मृतवस्थामा भेटिएको छ । शनिवार पुनर्वास नगरपालिका वडा नं १ मा एक निलगाई मृत अवस्थामा भेटिएको कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो छ ।

अधिकृत यादवका अनुसार बन्धातालको अधिकृत यादवका अनुसार बन्धातालको उत्तर तिर काँडे तारले घेरिएको क्षेत्रमा (भाले) निलगाईको आँखामा घाउ र काँडे तारले खुट्टा चिरिएको अवस्थामा मृत फेला परेको छ ।

उक्त निलगाईलाई स्थानीय र सशस्त्र प्रहरी , नेपाल प्रहरीको रोहबरमा खाल्डोमा गाडिएको हो। निलगाई भारतीय वनक्षेत्र बाट सिकारीहरुले लखेटेर घाइते बनाएको हुन सक्ने स्थानीयहरुको भनाई छ । नजिकैको भारतीय जङ्गलमा भारतीय सिकारीहरु बढेकाले वन्यजन्तुहरू आफ्नो ज्यान जोगाउन नेपालतर्फ आउने गरेको स्थानिएहरूको दाबी छ ।

भारतीय सिकारीको निसानाबाट भाग्न सफल भए पनि ठुलो चोटका कारण निलगाईले ज्यान गुमाउनुपरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ