बैशाख २७ काठमाण्डौं । नेकपा निकट अखिल क्रान्तिकारीले नेपालको दार्चुलाको लिपुलेकमा ८० किलो मिटर सडक बनाउनु स्वतन्त्र र सार्वभौम देशमाथिको घिनलाग्दो र भत्र्सना योग्य कदम भन्दै बिरोध जनाएको छ ।
संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले आज एक विज्ञप्ति जारी गरी लिपुलेक हुदै जाने उक्त सडकको उद्घाटनले भारतीयहरुमा अझै उसले भोगेको पुरानो दास मानसिकता कायम रहेको प्रष्ट भएको बताएका छन् ।
अध्यक्ष ढकालले भारतले नेपाली भूमिमा सडक बनाईसक्दा समेत कानमा तेल हालेर बसेको भन्दै यो लम्पसारबादी व्यवहारले ओली सरकार भारतीय शासकहरुको असली नोकर झै भएको बताएका छन् ।
भारतीय शासकबर्गको नेपालीभूमिमाथिको हस्तक्षेपको चौतर्फी विरोध र भण्डाफोर गर्न देशभक्त युवा , विद्यार्थी बुद्धीजीवी सबैलाई अध्यक्ष ढकालले अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline