लिपुलेकमाथि भारतको नाङगो हस्तक्षेपः वालुवाटर र सिंहदरबार किन मौन ?

लिपुलेकमाथि भारतको नाङगो हस्तक्षेपः वालुवाटर र सिंहदरबार किन मौन ?

  • शनिबार, बैशाख २७, २०७७
  • -तुफान सिंह कालिकोटे

  • 14.7K
    SHARES

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले । त्यस्तै भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै , ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको
बोर्डरसम्म जोडेको छ । कोभिड–१९को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’गरेको छ । भारतको यो कदमलार्ई नेपालको राष्ट्रिय स्वधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप ’ हो ।
शासकहरुले कालापानि लिपुलेक,लिप्पियाधुरा साम्राज्यबादि भारतले बाटो बनाएर उध्घाटन गर्दापनि नेपालको सरकार भने मुक दर्शक भएको साशसकहरुले बेचेर खाएको जस्तो छ कि लिपुलेक ? नभए त केहि कठोर कदम सरकारले चाल्नु पर्ने हो । लिपुलेक, कालापानी देखि सुस्ता हुदै पशुपतिनगरसम्म दाह्रा नंग्रा फिजाएर नेपाल आमाको छाती लुछिरहँदा पनि कुनै पहल कदमि लिन नसक्नेहरु सिंहदरबार र बालुवाटारमा बसेर के का लागि र कसका लागि काम गर्दैछन् ?
यस अघि भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा ल्याए पछि बिरोध भयो जनस्तरमा , राजनीतिक स्तरमा र सरकारले भारतसगँ बार्ता गर्छु भनेर पत्र पठाएको भन्यो । तर खै पत्र के भयो ? वार्ता गर्न भारतले नमानेको भए जनतालाई अपील गर्नु पथ्र्यो कि पर्दैन थियो ? त्यो नटेर्दा अन्तराष्ट्रिय अदालत र सयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदायमा जाने विकल्प थियो कि थिएन ? किन मौनता बालुवाटार र सिंहदरबारको ?
सन् १९६२ देखि कालापानीमा बसेको भारतीय सेना कहिले फिर्ता गर्ने ? आफ्नो व्यक्तिगत र दलीय स्वार्थको कारण कुर्सी मात्रै हेर्ने कि देशको रक्षा पनि गर्ने ? भारतले केही बर्ष अघि मात्रै बंगलादेशसगँको सिमा विवाद समाधान गरेर उसको भूभाग फिर्ता गर्यो भने आफ्नो केही भूभाग लियो । कुटनीतिक पहलकदमी, देशलाई स्वाधीन बनाएर समान हैसियत प्रस्तुत गर्न शासकहरुले सकेको भए शायद कालापानी, सुस्ता खान पाउदैन थियो भारतीय साम्राज्यवादले । के भारतसगँ लड्न सकिदैन भन्नुको अर्थ लम्पसार पर्नु पर्छ भन्ने हो ?
सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दी लगायतका सम्पूर्ण भूभाग नेपालको हो ।
जनताहरु लकडाउनका कारण देश बिदेशमा अलपत्र छन् , केपी वलीको दलाल सरकारलाई कुनै मतलब छैन । राष्ट्रियता यत्रो खतरामा परेको छ, एक शब्द बोल्नु छैन । मजदुर र श्रमिकलाई नो वर्क नो पेको निति लागू गर्छन् तर शासकहरु आफू घरमै बसेर तलब भत्ताको सेवासुबिधा लिन्छन् । कति दिन यस्तो अपराध र अन्यायलाई सहेर मुकदर्शक भै बस्ने ? तसर्थ अब नेपाली जनताले ढिला नगरौ ।
रास्टिय मुक्तिको आन्दोलनमा एकीकृत भैइ भारतको ठाडो हस्तक्षप विरुद्ध लड्ने क्षमता राख्न पर्छ । एतिबेला फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प हाम्रो सामु छैन। हाम्रो राजनीति अहिलेको अबस्थामा राम्रोसँग बुजेर नै नेपाल माथी भारतले बारम्बार यो हर्कद गर्दै आएको छ ।
हिजोमात्रै नेपाल प्रहरीमाथी चिनिया नागरिक ले जुन आक्रमण गरे यो देख्दा नै थाहा हुन्छ कि अहिलेको कथित कम्युनिस्ट सरकार, र एस्को गृहप्रसासन कति असफल रैछ भने कुरा…
समय मै एकीकृत भै मातृभुमी को रक्षकालागी सम्पूर्ण रास्ट्रबादी बुद्धजिबि कर्मचारी पत्रकार लगाएत सम्पूर्ण देशभक्त हरु एक हुने बेला भईसक्यो अब । देश रहे मात्र हामी रहन्छौ । चेतना भया ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी