गजल

गजल

  • शनिबार, बैशाख २७, २०७७
  • निरन्जना चन्द ‘निरु’

  • 23.1K
    SHARES

पारीका भुस्याहाहरु भुक्ने गर्छन सीमामाथि पटकपटक
वारीका शेर हौँ भन्नेहरु चुक्ने गर्छन् सीमामाथि पटकपटक

कति रुन्छौ लिपुलेक लिम्पीया छोडीदेउ रुन अब
नुनिला ती आँशुहरु  झर्ने गर्छन सीमामाथि पटकपटक

चुर छन् काँकडा अल्मोडा जलेका छन् पश्चातापमा
पहरा दिने स्वरहरु  सुक्ने गर्छन् सीमामाथि पटकपटक

दाँत कुडाउछ लक्ष्मणपुर छाती छाम्छ कोशी ब्यारेज
सुस्ताका घाउहरु दुख्ने गर्छन् सीमामाथि पटकपटक

मुटु एउटै माटो फरक कसरी भो भन्छे सिक्किम
दार्जेलिङे टुहुराहरु  रुने गर्छन् सीमामाथि पटकपटक

गाँठो कसिस सुगौली तँ नै रहिछस् राष्ट्रघाती
गोर्खाली यी नशाहरु तात्ने गर्छन् सीमामाथि पटकपटक

–बाँसगढी–८,बर्दिया

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी