रमिते….

रमिते….

  • शनिबार, बैशाख २७, २०७७
  • अग्निराज पाैडेल 'अराप'

  • 25.8K
    SHARES

हाम्रै काधमा टेकेर

सपना, भरोसा र मुक्तिको नारा उराल्दै

हामीलाई चौबाटो मै अलपत्र छाडेर

हामीले बनाएका नायकहरू

मालिकको पाउमा लम्पसार परेको

हेरी रहेकाछौं टुलुटुलु रमीते बनेर !

दलाली र राष्ट्रघातमा चुर्लुम्म डुबेको !!

थपडी बजाउदै टन्टलापुर घाममा

मुक्ति, अधिकार अनि समानताको भाषण सुन्छौ

बुधनी, राधा र मन्सराहरू माथि

चौबाटोमै बजारींदा मुड्की

बोक्सीको आरोपमा

हेरी रहन्छौ टुलुटुलु रमीते बनेर !

आफ्नै छोरीचेलीको अस्मिता लुटेको !!

भोट हाल्छौं र जिताउछौं

लेण्डुपका नयाँ अवतारलाई

रातारात थपिएका आलिसान महलको तल्ला गन्दै

तारिफ गर्छाै उसैको भ्रष्ट पौरखको

हेरी रहेकाछौं टुलुटुलु रमीते बनेर !

तिनैले फ्याकेका फोहोरका थुप्राहरू !!

नखाएको ऋण, नगरेको अपराध

छद्मभेषीहरूको फर्जि तमसुकको प्रहार !

सर्वस्व लुटिएको जिर्ण शरीर

झिनो आसा लिएर पुगेको न्यायालय

दुखी हुन्छौं सुनेर घाँटीमा पासो लगाएको

धिक्कार्छौ बाध्यता र विवशतालाई

तर हेरी रहन्छौ टुलुटुलु रमीते बनेर !

न्यायालयले फर्जी तमसुकमा लालमोहोर लगाएको !!

हाम्रो बस्ती बिमाख पारेर

हाम्रो बस्ती बिमाख पारेर निर्माण गरिएका

कोशी, कर्णाली, माहाकालीका ठूला ठूला बाध

छपक्कै भिजेको लहलहाउदो छिमेकीको खेत

अरबौंको ढुकुटी अनि विकासको आस्वाशन

बन्जर बन्दै गरेका हाम्रा खेतहरू

मख्ख पर्छाैं समृद्धीको नारासँगै

हेरी रहेकाछौं  टुलुटुलु रमीते बनेर !

बाढीले बगाएको रमुवा, हर्के, दिलबहादुरका झोपडीहरू !!

तिस्टा र कांगडाको के कुरा

महेसपुर, सुस्ता, ठोरी, लिम्पियाधुरा र कालापानी

दिनदिनै सबै विर्सि सक्यौं

लिपुलेकमा गाडेको गिद्दे नजर

मिचिएका सिमा स्तमभहरू

हेरी रहेकाछौं टुलुटुलु रमीते बनेर !

सिमाका गाउँमा मचाएको दादागिरि र नरसंहार !!

सुन्दर भविष्यको सपना सजाउदै

खाडीको बालुवामा वगाएको पसिना

साहुको ऋण

अङ्गभङ्ग जिर्ण रोगी शरीर

बाकसमा बन्द युवाको रगतले भिजेको रेमिट्यान्स

हेरी रहेकाछौं टुलुटुलु रमीते बनेर !

लुट, दलाली र दादागिरीको आडमा अडिएको राज्यसत्ता !!

वद्चलन, कुलङ्गार, अलच्छिनी, कुल्टा

समाजले दिएकाे शव्दबाणकाे उपहार

कारागारकाे चिसाे छिँडि

भ्रुण हत्याकाे अाराेपमा

सजाय काट्दै गरेकी युवतीकाे मलिन अनुहार

हेरी रहेकाछौं टुलुटुलु रमीते बनेर !

विद्यालय हिडेकी बालिकाकाे बलत्कृत लास !!

 

तिमीले उरालेका सम्बृद्धीका नारा उपहार

लुट, भष्ट्राचार र लम्पसारबादको पाैरख

पटक पटक मूर्ख बनाईएका जनता

पीडित सर्वहारा बर्गका

आक्रोषित हुङ्कार र विद्रोह

अनि

तिम्रो ढाडमा बज्रेको चाेटिलाे  मुड्की

हेरीरहने छौ टुलुटुलु रमिते बनेर

पीडित सर्वहारा बर्गले कब्जा गरेको राज्यसत्ता !!

हेरीरहने छौ टुलुटुलु रमिते बनेर !

पीडित सर्वहारा बर्गले कब्जा गरेको राज्यसत्ता !!

….. …. …..

अग्निराज पाैडेल ‘अराप’

२०७५ वैशाख २

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी