कुनै पनि अरु कुराको तुलनामा कुनै एउटै कुराले दुनिया बदलिन्छ भने त्यो केवल युद्ध हो । दोस्रो विश्व युद्धको समयमा ८ मे अर्थात यूरोपको जीतको दिन थियो सन् १९४५ मा । जापान पूर्ण रुपले तहसनहस भएको थियो । जर्मन नाजी फौजले मित्र देशको गठबन्धनलाई विना शर्त हतियार बुझाएको थियो ।
र विश्व एउटा नयाँ युगमा प्रवेश गरेको थियो । महाशक्तिका बीच शक्ति सन्तुलनको आधारमा नयाँ विश्व व्यवस्थाको दिशामा जरुरी कदमहरु चालियो ।
युद्ध समाप्त भए पछि अमेरीका एक सैन्य सुपरपावरको रुपमा उभियो । परमाणु हतियारको विकासमा अमेरीका रुस भन्दा अगाडी बढ्यो ।
नेटोको उदय
यो गठन पछि परमाणु शक्तिलाई नै दुनियामा शक्तिशाली भएको मान्न शुरु भयो । यस अभियानमा रुस तुरुन्तै सामेल भयो । पूर्वी यूरोपमाथि आफ्नो दबदबा फेरी प्राप्त गर्ने रुसी चाहनाले कम विवादीत नयाँ विश्व व्यवस्थाको महत्वकाक्षा चकनाचुर भयो । यसै कारण रुसलाई रोक्न नेटो( नर्थ अटलान्टीक ट्रिटी अर्गनाईजेनस)को गठन भयो । अमेरीका र पश्चिम यूरोपबीच सैन्य र कुटनीतिक मामलामा स्थायी खालको सम्बन्ध बन्यो ।
यसै हप्ता रोयल युनाईटेड सर्विसेज ईन्सटीच्युटले आयोजना गरेको अनलाईन सेमिनारमा पत्रकार र ईतिहासकार एनी एप्पलेबामले याद दिलाए कि यस घटनाक्रमले पश्चिमा अवधारणाको जन्म दियो । मुल्यमा आधारीत यो एस्तो गठबन्धन थियो जो केबल सिमानालाई लिएर मात्र हैन बिचारको आधारमा पनि थियो ।
शून्यबाट शुरु
यस्तो केवल नेटोका लागि मात्रै भन्न सकिन्न । जस्तो कि प्रोफेसर माईकल क्लार्क अन्डरलाईन स्मरण गराउदछन् कि संगठनको पूरा एउटा नेटवर्क हुन्थ्यो । उनी भन्छन्, युद्ध अघि अन्तराष्ट्रिय संस्थाहरुको जुन ढाँचा थियो त्यसको केबल कम हिस्सा मात्रै बचेको थियो । यस कुरालाई लिएर १९१९ भन्दा पनि बढी समझदारी थियो कि नयाँ विश्व व्यवस्थाका लागि एक शुन्यताबाट शुरु गर्नु पर्दछ ।
सयुक्त राष्ट्रसंघको गठन यस दिशामा एक प्रमुख उपलव्धि थियो । फेरी ब्रिटिश वुड्स ईकोनोमिक सिस्टम ( अमेरीका, क्यानडा,पश्चिम यूरोपेली देश अष्ट्रेलिया र जापानको बीच कोरोबार सम्झौता ) , विश्व बैक र अन्तराष्ट्रिय मुद्राकोषकोको स्थापना भयो । यस प्रकृयामा बेलायत प्रभावकारी रह्यो तर निर्णायक थियो अमेरीका ।
सबै अन्तराष्ट्रिय संगठन यस कुरामा निर्भर थियो कि अमेरीकाले यसको स्थापनामा कति चासो दिएको छ र कति समर्थन दिन्छ ।
पश्चिीमी देशहरुको बर्चस्व भएको संगठनको दायरा भन्दा बाहिर ५० देखि ६० को दशकमा अलग किसिमको अन्तराष्ट्रिय व्यवस्था अस्थित्वमा आयो । अब यो अन्तराष्ट्रिय व्यवस्था दबाबमा छ किन भने यसको राजनीतिक भूमिका तीव्र गतिमा बदलिरहेको छ ।
एशियामा आर्थिक सत्ता
यसका केही कारणहरु पनि छन् कि आजभोली हरेक दिन समाचारको एजेण्डाको हिस्सा बनेको छ एशियाको अर्थव्यवस्था । यो अगाडी बढीरहेको चनि थियो । सुदुरपुर्व र एशियामा आर्थिक सत्ताको धुरी बदलिरहेको थियो । यति सम्म कि पश्चिमा लोकतान्त्रिक व्यवस्थामा पनि लोकप्रिय राजनीतिक धाराहरुको अगाडी बढ्दै थिए । उदाहरणका लागि नेटोको आन्तरकि सघर्षलाई हेर्नुस् ।
राष्ट्रपति ट्रम्पले अमेरीकाका लागि नेटोको आवस्यकतामाथि प्रश्न उठाईसकेका छन् । त्यसै गरी टर्की र हंगेरी जस्ता देशहरु पहिला भन्दा धेरै अधिकारवादी रबैया देखाईरहेका छन् ।
एनी एप्पलेबामले अमेरकिामा आएको विदेश नीतिको परिवर्तनको जडमा रिपव्लिकन पार्टीको प्रभुत्वलाई जोडेर हेर्दछन् । उनी भन्छन् कि पश्चिीमी मुल्यको आधारीत व्यवस्थामा दरार देखिदैछ । र नयाँ पिढिले यसलाई सञ्चालन गर्ने फैसला गरीरहेका छन् । अश शायदै यस्तो कुनै राजनेता बचेका हुन सक्छन् जसको जड युद्धको तुरुन्तै पछिको समय जस्तो होस् ।
समकालीन इतिहासप्रति बेरुखी
यस्तो होईन कि चीन भर्खरै अन्तराष्ट्रिय राजनीतिको फलेकमा चीन पदार्पण भयो । चीन शुरु देखि नै राष्ट्रसंघीय सुरक्षा परिषद्मा स्थायी सदस्य छ । माईकल क्लार्क भन्छन, युद्ध अघि पनि र युद्धको समयमा पनि अमेरीकाको मनमा चीनलाई लिएर बिशेष चिन्ता थियो । हुनत, उसले अब पहिलेको जस्तो जिक्री हुने छैन । नयाँ विश्व व्यवस्थामा चीनलाई लिएर कम्युनिष्ट शासन शुरु हुनु अघि देखि नै अमेरीकाले महाशक्ति हुन सक्ने कुरा आकंलन गरेको थियो ।
अमेरीकालाई त्यस समय धक्का लाग्यो जब सन् १९४९ मा चीनको सत्ता कम्युनिष्टको हातमा गयो । अमेरीकालाई यो पीर सन् १९७२ सम्म बनिरह्यो । विश्वमा चीनको भूमिकालाई देखेर अमेरीका अब दोस्रो पटक मोहभंगको शिकार बनिरहेको छ ।
चीन भारत जस्ता देश
माईकल क्लार्कको कुरामा किग्स कलेजका प्रोफेसर लरेन्स फ्रीडम्यान सहमत देखिन्छन् । लरेन्स ठान्दछन् कि शीत युद्धको समयमा चीनको मुद्धा अलग थियो । आजको जस्तै २० औं शताव्दीको चीन आर्थिक प्रविधिको खतराको रुपमा हेरिदैन थियो । युद्ध पछि विश्व व्यवस्थाको अन्त्यका कारण अमेरीका कमजोर हुनु हैन कि यो त यसको लक्षण हो । अमेरीका फेरी अब त्यही स्थिति हासिल गर्न कोशीस गरीरहेको छ ।
नयाँ उदाउदै गरेको विश्व व्यवस्था सिधा यस कुरामा निर्भर हुने छ कि विश्वको आधा भन्दा बढी जनसंख्या भएको चीन भारत र दक्षिण पूर्वी एशियाको देशहरुमा के हुनेछ । यसैबाट विश्वको आर्थिक भूगोल तय हुने छ । उनीहरुको यो शक्तिले राष्ट्रिय राजनीतिक सत्तामा परिवर्तन ल्याउने छ र दुनियाको ढाँचामा समेत स्थान बनाउने छ ।
कोविड १९ को महामारी
के अब कोविड १९ को महामारीले दुनियामा केही परिवर्तन गर्दैछ ?
माइकल क्लार्क भन्छन्, महामारी पछि दुनिया एशियाली शताव्दीमा मात्रै सीमित हुने छैन । यसको असर ठूलो हुने छ र आउने दशकमा केही बास्तविक परिवर्तन देखिने छ ।
उनी भन्छन्, चीनलाई लामो समयका लागि नोक्सान हुन गईरहेको छ । पहिलो यो महामारी जसलाई चीनले जुन तरीकाले नियन्त्रण गर्यो, त्यसको राजनीतिक आलोचना भईरहेको छ । दोस्रो आपुर्ति सञ्जाललाई लिएर उ माथि दोस्रोको निर्भरताबाट चीनले कसरी सामना गर्दछ ।
फेरी पनि कोविड १९ को महामारीको बाद अहिलेको अन्तराष्ट्रिय व्यवस्थामा कस्तो परिवर्तन आउछ भनेर अहिले नै भनिहाल्नु हतारो हुनेछ ।
हो यति जै जरुर भन्न सकिन्छ कि दोस्रो विश्व युद्ध पछि सार्वजनिक सेवा र भाईचाराको संभावना जुन तरीकाले बनेको थियो , यस्तो केही त राम्रो हुनेछ तर संकेत मिलिरहेको छ कि एस्तो हुने संभावना कम छ ।
-बिबिसीबाट