बैशाख २७ काठमाण्र्डौ । नेपालमा निरन्तर कोरोनाको संक्रमण बढ्न थालेको छ । आज मात्रै थप सात जना संक्रमित भएको पुष्टी भएको छ । आज उदयपुरका तीन जना, कपिलबस्तुका तीन जना र बीरगञ्ज छपकैयाका एक जनामा पुष्टि भएको हो ।
उदयपुर भुल्केका १८, ४५ र ६५ बर्षका तीन जना महिलाको स्वाब परीक्षण गर्दा कोरोना भेटिएको छ ।
त्यस्तै कपिलबस्तुका १७ बर्षका एक जना र १८ बर्षका दुई जना तथा बीरगञ्ज छपकैयाका ६२ बर्षे पुरुषमा कोरोना पुष्टी भएसगैँ नेपालमा कुल संक्रमितको संख्या एक सय ९ पुगेको छ । यो जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरेर दिएका हुन् । निको हुनेको संख्या ३० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline