वडा नं. १४ मा वितरण गरिएको चामल खान योग्य रहेको छ: मेयर सरावगी

वडा नं. १४ मा वितरण गरिएको चामल खान योग्य रहेको छ: मेयर सरावगी

  • शनिबार, बैशाख २७, २०७७
  • दिपक चौरसिया

  • 10.6K
    SHARES

पर्सा २६ बैशाख । वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ । वीरगंज नगर सभागृहमा आज आयोजित पत्रकार सम्मेलनमा मेयर सरावगीले विभिन्न सञ्चारमाध्यममा प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनु भएको छ ।

वडा नं. १४ मा राहत तिवरण गर्न लागेको चामल कुहिएको भनि बिवाद भए पछि सो बारे यथार्थ छानिबन गर्न महानगरले छानबिन समिति समेत गठन गरेको थियो । महानगरले बनाएको तिन सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तीन बोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो ।

मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीले महानगरको बोर्ड बैठकमा माफी माँगेकोले बोर्ड बैठकले अब उप्रान्त त्यस्तो गल्ती नगर्न निज वडा अध्यक्ष कुर्मीलाई सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले केहि संचार माध्यमबाट तथ्यहिन र भ्रम छर्नेखालका समाचार प्रकाशन, प्रशारण भएको प्रति गम्भिर ध्यानाकर्षण भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । महानगरपालिकाले सम्पादन गरेको काम कारवाहीका बारेमा सत्य, तथ्य, वास्तवीक र विश्वसनिय सूचना दिन सञ्चारमाध्यम र संचारकर्मीहरु संग अपिल समेत गर्नु भयो ।

सो पत्रकार सम्मेलमा उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत भूमिराम शर्मा, प्रवक्ता संतोष तिवारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ