गण्डकी प्रदेशमा निर्माण सामग्रीका पसल खोल्न समय निर्धारण

गण्डकी प्रदेशमा निर्माण सामग्रीका पसल खोल्न समय निर्धारण

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

दमौली, २६ वैशाख । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आज दमौलीमा आयोजना गरेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले नेपालमा महामारीको रुप नलिईसकेकाले यसलाई समयमै न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले कोभिड–१९ नियन्त्रण गर्न सकिने भन्दै मन्त्री चुमानले भन्नुभयो, “अहिल तीनवटै तहको सरकारको ध्यान नै यसमै केन्द्रित रहेको छ, कोभिड–१९ छिट्टै नियन्त्रणमा आउनेछ ।” उहाँले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि स्वास्थ्यकर्मी अग्रपङ्क्तिमा रहेकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो ।

कोभिड–१९ ले सरकारलाई स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्ने अवसर दिएकाले प्रदेशका एघार वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष, पोखराको लेखनाथ लायन्स अस्पताललाई सरुवा रोग अस्पताल बनाउने तयारी शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले निर्माण सामग्री, घरेलु उद्योग, औद्योगिक क्षेत्र खुल्ला राख्ने सरकारको निर्णय भएकाले सोहीबमोजिम जिल्लामा पनि यसलाई कार्यान्वयन गरिने बताउनुभयो । प्रजिअ अधिकारीले बन्दाबन्दीमा विकास निर्माणका काम गर्नुपरेमा प्रशासन कार्यालयसँग अनुमति लिएर मात्रै काम गर्न सकिने जानकारी दिनुभयो ।

दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले अन्य प्रदेशबाट सङ्क्रमण भित्रिन सक्ने भएकाले तनहुँ पनि जोखिममा रहेको चर्चा गर्दै बन्दाबन्दीलाई कडाइ गर्नुपर्नेमा सुझाव दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले एम्बुलेन्सबाट मान्छे ओसारपसार गर्ने काम भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो ।

निर्माण सामग्रीका पसल खोल्न समय निर्धारण

बैठकले निर्माण सामग्रीका पसल खोल्न समय निर्धारण गरेको छ । जसअनुसार प्रत्येक दिन साँझ ५ः०० बजेदेखि ९ः०० बजेसम्म निर्माण सामग्रीका पसल खुल्ला रहने भएका छन् । बन्दाबन्दीका क्रममा विकास निर्माणका काम शुरु हुने निर्माणका लागि चाहिने सामग्री ढुवानीका लागि पसल खोल्न लागिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा एक÷एक वटा खाजा तथा खाना होटल खोल्न दिने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ