लकडाउन खुकुलो पारेकै दिन नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टी

लकडाउन खुकुलो पारेकै दिन नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टी

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

बैशाख २६ नेपालगञ्ज । नेपालगञ्जमा तीन दिने निशेधाज्ञा सकिएर आजदेखि दैनिक चार घण्टा लकडाउन खुकुलो पार्न थालिएकै दिन आज थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ । सङ्क्रमितमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् ।

नेपालगञ्जमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार आज कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । तिनीहरुमध्ये पाँच जना १७ आँै र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

यस्तै हालसम्म पिसिआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडिटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् । प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नंं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गारिएको छ ।

क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नंं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् ।

हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । यसैगरी आज एक जना रेडजोनमा सहित अहिलेसम्म ३३६ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ