देशलाई बचाउन बिरगंज र नेपालगंजमा कोरोना जाँच क्षमता बढाउ

देशलाई बचाउन बिरगंज र नेपालगंजमा कोरोना जाँच क्षमता बढाउ

  • शुक्रबार, बैशाख २६, २०७७
  • -आशुतोष झा नवीन

  • 14.7K
    SHARES

देशलाई बचाउन बिरगंज र नेपालगंजमा कोरोना जाँच क्षमता बढाउ विश्वभरीको राष्ट्रहरुले कोरोना कोभिड – १९ भाइरस सङ कडा संघर्ष गरिरहेका छन् । यो सर्वविदितै छ।नेपाल छाडेर अन्य सबै देशहरुले आफ्नो नागरिकलाई बचाउन कुनै पनि राजनीति दाउपेच नराखी अहिले कोरोना सम्बन्धि नै तमाम योजनाबद्ध रूपमा कार्यहरु गरिरहेका छन् ।

महामारीको यस्तो सन्त्रासको बेला सबै राष्ट्रले पहिलो प्राथमिकतामा नागरिकको स्वास्थ्य लाई राखेको छन् । तर दुर्भाग्यको कुरा तीन करोड जनसंख्या भएको हाम्रो नेपालमा सत्तामा बस्नेहरूले आफ्नो नागरिकको स्वास्थ भन्दा बढी आआफ्नो धमिलो राजनीति लाई पहिलो प्राथमिकतामा राखेको छन् ।उनीहरूले अहिले सधैं सचिवालयमा वृहत् बैठक डाकिरहेको छन् ।

सांसद भागबण्डाको खेलमा रमाइरहेका हुन्छन् । सधैं निष्कर्षविहिन भएर बैठक बाट निस्केर फेरि आआफ्नो महलतिर फर्किने गर्छन् । यो सबै बैठकमा कोरोना संक्रमण सङ कसरी जित्न सकिन्छ र नागरिकको स्वास्थ्य बारेमा कहिले पनि चर्चा हुदैनन् ।

प्रधानमन्त्रीले दिएको बयान छिन् छिनमा बदलिरहन्छन् । जतिबेला देशमा कोरोना संक्रमणको संख्या एकदर्जनमा भन्दा पनि मुनि थियो त्योबेला देश मा कोरोनाले केहि प्रभाव पार्ने छैन भनी हाम्रो प्रधानमन्त्री ज्युले आम जनता सङ कुरा राख्दैहुनुहुन्थ्यो तर जब कोरोना संक्रमणको संख्या सेन्चुरी पार गर्न थाले अनि बल्ल प्रधानमन्त्री ज्युले भन्न थाल्नु भो यो देशमा कोरोना भाईरसले भयावह स्थिति ल्याउन सक्छ । यस्तो अवस्था छ हाम्रो देशमा ।

बैशाख २५ गते ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको रिपोर्ट अनुसार अहिलेसम्म पिसिआर विधि बाट १४,५०९ र आरडिटी विधीबाट ५४,०९३ वटा परिक्षण भैसकेको अवस्था छ।यसैगरी प्रदेश न.२ मा अहिलेसम्म सम्म आरडिटी विधि बाट ५,३४८ जनाको मात्र परिक्षण भएको छ। कोभिड -१९ को हट्स्पटको रूपमा अहिले बिरगंज , उदयपुर र नेपालगन्ज हो। तरपनि सरकारले अन्यत्र भन्दा यी रेड्जोन मा रहेको ठाउँ हरुमा पनी जाचको क्षमता बढाईरहेको छैनन् ।

नेपालको अहिलेसम्म पिसिआर विधि बाट चेक भएको संख्या लाई हेर्दा र सरकारको परिक्षण क्षमतामा ढिलासुस्ती हेर्दा लाग्छ WHO ले भने अनुसार कोरोना संक्रमण थाहा पाउन र यसबाट जित्न बढी भन्दा बढी टेस्ट गर्नु नै एउटा उपय हो। तर नेपाल मा टेस्ट प्रक्रियाको ढिलासुस्ती लाई हेर्दा लाग्छ कुल जनसंख्या ३ करोड लाई परिक्षण गर्न वर्षौंसम्म लाग्न सक्छ । यता बीरगन्ज र नेपालगन्जमा त्याहाको स्थानीय सरकार एवं जनताले टेस्ट परिक्षण बढाउन पटकपटक सरकार लाई अनुरोध गरिरहेका छन् तर पनि सरकारको यसप्रती गम्भीर चासो देखिन्न । भाषणमा मात्रै सिमित छन् अहिलेको सरकार ।

बिरगंज वार्ड न १,२,र ३ अति नै सम्वेदन्शिल छेत्र भएको ले उक्त छेत्रमा अविलम्ब परिक्षण क्षमता बढाउन अति आवश्यक भैसकेको छ।सरकार सङ एउटा मात्र अनुरोध अहिलेको समय र परिस्थिति सङ नमिल्दो अनावश्यक राजनीतिक नौट्न्की छोडेर कोरोना महामारी बाट देश बचाउनु छ भने तत्काल यो कार्य गरियोस ।

-आशुतोष झा नवीन नेविसंघ  प्रदेश २ का नेता एवं राजनीतिशास्त्रका विद्यार्थी

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नेविसंघ नेता प्रदेश २ एवं राजनीतिशास्त्रको विद्यार्थी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी