जंगली च्याउ खाएर बिरामी भएकी १ महिलाको मृत्यु

जंगली च्याउ खाएर बिरामी भएकी १ महिलाको मृत्यु

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

संखुवासभा, बैशाख २६ गते ।जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका(२ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो ।

उपचार गराई अस्पतालबाट डिस्चार्ज समेत भएर घर गएका मध्ये २४ बर्षीया मृतक मनिला र २४ बर्षकै अनिता राईलाई पुन श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा मनिला राईलाई थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ