तेह्रथुम र खोटाङमा ३ जनाको हत्या, हत्यामा संग्लग्न ३ जना पक्राउ

तेह्रथुम र खोटाङमा ३ जनाको हत्या, हत्यामा संग्लग्न ३ जना पक्राउ

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बिराटनगर, बैशाख २६ गते । बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ भने हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना घटाई फरार रहेका लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका(२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।

बिहिवार साँझ पौने ७ बजेको समयमा आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका निजकै भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ