कोरोनाको हब बनेको नेपालगञ्जमा आजदेखि दैनिक ४ घण्टा लकडाउन खुकुलो पारिने

कोरोनाको हब बनेको नेपालगञ्जमा आजदेखि दैनिक ४ घण्टा लकडाउन खुकुलो पारिने

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

नेपालगन्ज २६ बैशाख । कोरोनाको हब बनेको नेपालगञ्जमा आजबाट दैनिक ४ घण्टा लकडाउन खुकुलो पारिने भएको छ ।
अत्यावश्य सामान खरिदका लागि भन्दै चार घण्टा लकडाउन खुकुलो पार्ने सर्वपक्षीले बैठकले हिजो निर्णय गरेको थियो ।
दिउसोँ ११ बजेदेखि ३ बजे सम्म किनमेल गर्ने, आवतजावत गर्नेमा केही सहज पार्न खोजिएको छ ।
त्याहाँ यस अघि घोषित निशेषाज्ञा सकिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने जानकारी दिए । यद्यपि, सवारी साधन भने पूर्ण रुपमा निषेध नै रहने उनले बताए ।
नेपालगन्जमा एउटै टोलबाट २३ जनामा कोरानाको संक्रमण पुष्टी भएको छ । उनीहरुको उपचार भेरी अस्पतालमा भईरहेको छ । संक्रमित मध्य ७ बर्ष ९ बर्षका बालक समेत रहेका छन् ।
यस अघि निशेषाज्ञा तोडेर स्थानीय व्यापारीले प्रहरीको गाडी नै तोडफोड समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ