बैशाख २५ काठमाण्डौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।
आज प्रधानमन्त्री ओलीले पनि सरकारी निवास बालुवाटारमा दियो जलाए भने देशका अन्य विभिन्न शहरहरुमा दियो जलाईएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले जन्म लिनुभएको थियो ।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छाडी दुःख निवारणका कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पु¥याउनुभयो ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा कोरोनाविरुद्ध खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीको सम्मान तथा लुम्बिनी भ्रमण वर्षको समापनमा बिहीबार लुम्बिनीमा दीप प्रज्वलन गरेपछि हर्षोल्लास गरिँदै ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा मुलुकको दिगो शान्ति र समृद्धिको कामना गर्दै पूजा तथा दीप प्रज्वलन ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।
धादिङ जिल्ला प्रहरी कार्यालयमा दिप प्रज्जवलन गर्दै सुरक्षाकर्मी ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् । सरकारले कोरोनाबाट बच्ने शक्ति प्राप्तिका लागि प्रार्थना गर्न आह्वान गरेको थियो ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताउनुभयो ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

विराटनगरमा दिप प्रज्वलन गर्दै ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण मृत्यु प्राप्त गर्नुभयो ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

बुद्धजयन्तीको अवसरमा सरकारको आह्वानमा मोरंग व्यापार संघले आफ्नो प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै गरेकेा दीपावली ।
सोही अवसरमा संघले विराटनगर सरुवा भएर आएका डिआईजी ईश्वर बाबु कार्कीको समेत स्वागत गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडा, पूर्व अध्यक्ष महेश जाजू, निवर्तमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, विशेष सल्लाहकार सुनिल टिवडेवाला, उपाध्यक्षद्वय विकास कु. वेगवानी, अनुपम राठी , महासचिव अनिल कु. साह, सचिव अनिल सारडा, संघका कार्यकारिणी सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।