अपाङ्गता भएका व्यक्तिकै घरदैलोमै समाजिक सुरक्षा भत्ता

अपाङ्गता भएका व्यक्तिकै घरदैलोमै समाजिक सुरक्षा भत्ता

  • बिहिबार, बैशाख २५, २०७७
  • डम्मर राज भट्ट

  • 6.3K
    SHARES

कन्चनपुर, बैशाख  २५ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ नम्बर वडाले अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
बिहीवार चालु आर्थिक बर्षको समाजिक सुरक्षा भत्ता वितरण कार्यक्तम अन्तरगत शुक्लाफाँटा नगरपालिका २ नम्बर वडाले अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर भत्ता वितरण गरेको हो ।
विश्वभरी कोरोना भाईरस९कोडिभ१९० को संक्रमण चलिरहेको बेला नेपालमा समेत कोरोना रोकथामका लागि लकडान गरिएको छ ।

लकडाउन र कोरोना संक्रमणका बेला असक्त अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष शिवराज पनेरुले बताए ।

उनका अनुसार जुनतारा बोहरा, पदमा बोहरा, नर ब.साउद, लक्ष्मीराज उपाध्याय लगायतका पुर्ण अपाङता भएका व्यक्तिको घरदैलोमा पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

उनीहरु सहित वडामा वितरण गरिएका १ सय १५ जना समाजिक सुरक्षा भत्ता बुझ्नेलाई मास्क र साबुन वितरण गरिएको छ । अध्यक्ष पनेरुले स्वास्थ्य सुरक्षाका लागि मास्क र साबुन वितरण गरिएको बताए ।घरमै पुरेर समाजिक सुरक्षा भत्ताका साथै स्वाथ्यका लागि साबुन मास्क पाएपछि उनीहरु खुसी भएका छन् । वडा र जनप्रतिनिधीले पीडा संगै राहत दिएर हर्षित बनाएको प्रतिकृया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ